Websoft University

www.radiomakalu.com || 021-522512


काठमाडौँ, असार ५ गते ।  ०२८०२५२ ‘एक्स’ सिम्बल नम्बरका विद्यार्थीले २.२५ जीपीए ल्याए। उनको अंग्रेजी र नेपालीमा सी प्लस, विज्ञान र सामाजिकमा सी तथा ईपीएचमा बी आयो। तर, गणितमा डी मात्र आयो। 



उच्च माध्यमिक शिक्षा परिषद्ले विज्ञान समूहमा भर्ना हुन कम्तीमा २.० र अन्यमा १.६ जीपीए तोकेको छ। त्यसका साथै के पढ्न कुन विषयमा कुन ग्रेड ल्याउनुपर्ने आधार निर्धारण गरेको छ।

ती विद्यार्थीले २.० जीपीए नघाए पनि गणितमा डी मात्र ल्याए। उनी ११ मा भर्ना हुन पाउँछन् कि पाउँदैनन्?

‘पाउँछन्,’ शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले भने, ‘तर, विज्ञान र व्यवस्थापनमा पाउँदैनन्। मानविकीको पनि ऐच्छिक गणित लिन पाउँदैनन्। अन्य ऐच्छिक विषयहरू राखेर अरूसरह पढ्न पाउँछन्।’

विज्ञान वा व्यवस्थापन पढ्न चाहे के गर्ने? ‘त्यसका लागि उनले गणितको ग्रेड विस्तार परीक्षा दिनुपर्ने हुन्छ,’ उनले भने, ‘र, विज्ञानका लागि कम्तीमा सी प्लस र व्यवस्थापनका लागि सी ल्याउनुपर्ने हुन्छ।’

सिम्बल नम्बर ०३२१९७६ ‘आर’ का छात्रले जीपीए १.९५ ल्याए। अंग्रेजीको सैद्धान्तिकमा डी (प्रयोगात्मक जोड्दा सी), विज्ञानमा ई (प्रयोगात्मक जोड्दा डी प्लस) र गणितमा पनि डी मात्र आएको छ। सैद्धान्तिकमा कमसल ग्रेड आएकाले अन्योलमा पर्दै उनले जिज्ञासा राखे, ‘मैले कक्षा ११ पढ्न पाउँछु?’

शिक्षा मन्त्रालयको मापदण्डअनुसार उनले पनि पाउँछन्। किनकि, प्रयोगात्मकसमेत रहेका विषयमा सैद्धान्तिक होइन, दुवैको योगको औसत अर्थात् अन्तिम ग्रेडलाई मान्यता दिइन्छ। उनको तीनवटा विषयमा सैद्धान्तिकमा डीभन्दा कम आएकाले मौका परीक्षा भने दिन पाउने छैनन्। विज्ञान र व्यवस्थापनमा भर्ना हुन पनि सक्दैनन्। मानविकीका अन्य ऐच्छिक विषय पढ्न उनलाई बाधा छैन।

सिम्बल नम्बर ०३२१९७१ ‘एम’ ले २.६५ जीपीए ल्याएका छन्। तर, विज्ञानको सैद्धान्तिकमा डी ल्याएका छन्। प्रयोगात्मकमा ‘ए प्लस’ छ। औसतमा सी ग्रेड हुन्छ।

कम्तीमा २.० जीपीए ल्याउनेले विज्ञान अध्ययन गर्न पाउने नियम छ। तर, साथसाथै विज्ञानमा कम्तीमा सी प्लस ल्याउनैपर्ने प्रावधान छ। त्यसैले उनले विज्ञानमा भर्ना हुन पाउँदैनन्। उनले ग्रेड वृद्धि परीक्षा दिन भने पाउँछन्।

सिम्बल नम्बर ०२८११५० ‘एल’ की छात्राले २.१५ जीपीए ल्याएकी छन्। यो विज्ञान पढ्न आवश्यक २ जीपीएभन्दा बढी हो। उनको चाहना पनि विज्ञान पढ्ने छ। समस्या उनलाई पनि उही छ– गणितमा डी मात्र। विज्ञान पढ्न गणितमा पनि सी प्लस आउनैपर्छ।

चिन्ता लोकसेवाको

भर्ना त होइन्छ, भविष्यमा लोकसेवाले मान्यता दिएन भने सरकारी सेवामा जान पाइँदैन कि भन्ने कम ग्रेडवाला विद्यार्थीको चिन्ता छ। नेपाली सेना र प्रहरी सेवामा प्रवेश गर्न पनि वञ्चित होइने हो कि भन्ने डर छ। तर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल भन्छन्, ‘सरोकारवाला सम्पूर्ण निकायसँग पूर्वसहमति भई निर्णय गरिएको हो। ढुक्क भए हुन्छ, सरकारी प्रमाणपत्र पाउने कसैलाई कुनै अप्ठ्यारो पर्ने छैन।’

उनका अनुसार विश्वविद्यालयहरूसँग पनि सहमति भइसकेको छ। कुन विषयको कति ग्रेड र कति जीपीए ल्याउनेलाई कहाँ–कहाँ भर्ना गराउने भन्ने मापदण्ड विज्ञहरूको परामर्श, अन्तर्राष्ट्रिय अभ्यास र सरोकारवाला निकायको सिफारिसमा तयार पारिएको उनले जानकारी दिए। ‘उच्च माध्यमिक शिक्षा परिषद् र सीटीईभीटीको संयुक्त बैठकबाट निचोडमा पुगिएको हो,’ उनले भने ।

उनले भने– ‘विज्ञहरूसँग छलफल गरिएको छ। अन्तर्राष्ट्रिय समकक्षताका आधारमा यसलाई मिलान गरेका छौं। त्यसैले यसबाट बिचल्ली हुने होइन, झन् सुविधा पुग्छ।’ लोकसेवामा अहिले पनि राजस्व, परराष्ट्र वा निजामती सेवामा प्रतिस्पर्धा गर्न फरक–फरक मापदण्ड छन्। ‘गुणस्तर त जहिले जहाँ पनि हेरिन्छ,’ उनले थपे, ‘लेटर ग्रेडिङ प्रणालीले जुन विद्यार्थी जुन विषयमा कमजोर छ, त्यता नअलमल्याई सक्ने विषयमा अघि बढाउने हो। भविष्यमा रोजगारीका मापदण्ड पनि त्यसरी नै निर्धारण गरिनेछन्।’

जीपीए कम हुनेले के गर्ने ?

दुई विषयसम्म सैद्धान्तिकमा डी र ई ल्याउने विद्यार्थीले साउन दोस्रो साता हुने मौका परीक्षा दिएर ग्रेड वृद्धि गर्न सक्छन्। जीपीए १.६ भन्दा कम ल्याउनेलाई अर्को विकल्प पनि छ, सीटीईभीटीको टीएसएलसी।

कक्षा ११ र सीटीईभीटीकै डिप्लोमामा भर्ना हुन मापदण्ड नपुगेका विद्यार्थीलाई टीएसएलसीको अवसर दिइने तयारी पूरा भएको मन्त्री पोखरेलले भने। ‘टीएसएलसीबाट पछि गैरप्राविधिक शिक्षामा फर्कन चाहनेलाई मिल्दोजुल्दो पाठ्यक्रमको भने अभाव देखिएको छ,’ उनले भने, ‘त्यसको पनि पहल हुँदैछ।’

प्राविधिक पढ्न २ जीपीए
सीटीईभीटीको आगिंक र सम्बन्धन प्राप्त स्वास्थ्यतर्फको विषयहरू, नर्सिङ, फार्मेसी, ल्याब, एचए, रेडियोग्राफी, अप्थाल्मिकलगायत अध्ययन गर्न २.० जीपीए ल्याउनुपर्ने हुन्छ।

त्यसबाहेक अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड चाहिन्छ। त्यस्तै इन्जिनियरिङ, कृषि, वन, पर्यटन विषय अध्ययन गर्न पनि २.० जीपीए आवश्यक हुन्छ। यी विषय लिन अंग्रेजी, गणित र विज्ञानमा सी ग्रेड ल्याउनुपर्ने हुन्छ।

कति ल्याउनेले के पढ्न पाउने ?

अनिवार्य गणित, विज्ञान र अंग्रेजीमा सी प्लस, अंग्रेजीमा सी, सामाजिक, नेपालीमा डी प्लस र जीपीए न्यूनतम २.० ल्याउनले विज्ञान समूह पढ्न पाउँछन्। त्यस्तै विज्ञान, गणित, अंग्रेजीमा सी ग्रेड र १.६ जीपीए ल्याउनेले प्राविधिक धारतर्फ ११ कक्षामा भर्ना पाउँछन्।

व्यवस्थापन (म्यानेजमेन्ट) समूहको लेखा, अर्थशास्त्र, कम्प्युटर साइन्स, इलेन्ट्स अफ फाइनान्स, बिजनेसन म्याथ, को–अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज अध्ययन गर्न अनिवार्य गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी प्लस ल्याउनुपर्ने हुन्छ। १.६ जीपीए भने चाहिन्छ। व्यवस्थापन तर्फकै होटल म्यानेजमेन्ट र ट्राभल एन्ड टुरिज्म अध्ययन गर्न पनि १.६ जीपीए, अंग्रेजीमा सी, नेपाली र सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ।

मानविकीतर्फ अध्ययन गर्न १.६ जीपीए ल्याए पुग्छ। तर, तीनवटा ऐच्छिक विषय कुन लिने हो? त्यसको आधारमा विषयगत ग्रेड पनि हेरिन्छ। ऐच्छिक विषयहरू गणित, अर्थशास्त्र, भूगोल अध्ययन गर्न चाहनेले गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी प्लस ल्याउनुपर्ने हुन्छ।

ऐच्छिक अंग्रेजी लिएर अध्ययन गर्न चाहनेले अंग्रेजीमा सी, नेपाली र सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ। मासकम्युनेसन अध्ययन गर्न अंग्रेजीमा सी, नेपाली, गणित र सामाजिकमा पनि डी प्लस चाहिन्छ। ऐच्छिक नेपाली लिन चाहनेले नेपालीमा सी, अंग्रेजी र सामाजिकमा डी प्लस ल्याए पनि हुन्छ।

जीपीए २.० नभएका विद्यार्थीको विज्ञान र गणितमा सी, अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस ल्याउने शिक्षातर्फको विज्ञान विषयहरू पढ्न पाउँछन्। त्यसमा भौतिक, रसायन, जीव र टिचिङ विज्ञान शिक्षा अध्ययन हुन्छ।

शिक्षा समूहमा १.६ जीपीए ल्याउने विद्यार्थीले पनि कक्षा ११ मा भर्ना हुन पाउँछन्। शिक्षा समूहमै पढाइ हुने टिचिङ अंग्रेजी अध्ययन गर्न अंग्रेजीमा सी, नेपाल र सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ।

नेपाली र टिचिङ नेपाली पढ्न चाहनेले अनिवार्य नेपालीमा सी, अंग्रेजी र सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ। शिक्षाको परिचय, इन्स्ट्रक्सन पेडागोजी/स्वास्थ्य तथा शारीरिक शिक्षा/जनसंख्या शिक्षा, वातारण शिक्षा विषय रोज्ने विद्यार्थीले जनसंख्या, वातारण र स्वास्थ्य शिक्षामा सी, नेपाली, अंगेजी र विज्ञानमा डी प्लस ल्याउनुपर्ने हुन्छ।

सामाजिक विषयमा सी ग्रेड, अंग्रेजी र नेपाली डी प्लस ल्याउने पोल्टिकल साइन्स, होम साइन्स, इतिहास, संस्कृति, सोसियोलोजी, दर्शनशास्त्र, पुस्तकालय विज्ञान लिएर कक्षा ११ पढ्न सकिन्छ।

मानवीय मूल्य शिक्षा, जनरल ल, संस्कृत, व्याकरण, साहित्य, न्याय, वेद, नीतिशास्त्र, बौद्ध शिक्षा अध्ययन गर्न १.६ जीपीए, नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस हुनुपर्छ। मैथली, हिन्दी, नेवारी फ्रेन्च, जापनिज, उर्दू, जर्मन, चाइनिज भाषा पढ्न अंग्रेजीमा डी प्लस मात्रै भए हुन्छ।

त्यस्तै डान्स, म्युजिक, मूर्तिकला, पेन्टिङ, एप्लाइड आर्टस्, स्पोर्टस् पढ्न चाहने विद्यार्थीको अंग्रेजीमा डी प्लस ल्याउनुपर्ने हुन्छ। तीबाहेक अन्य विषयमा जति ल्याए पनि हुन्छ।

kantipur


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget