Websoft University

www.radiomakalu.com || 021-522512


यस्तो रोगबाट पीडित नेपाली बालक, उपचार खर्च जुटाउँदै बेलायती गायिका जोस




काठमाडौं , जेष्ठ ३१ गते । एक ११ वर्षीय नेपाली बालकको छाला कालो र अस्वभाविक बनेको छ । यही समस्याका कारण उनी हिँडडुल गर्न, विद्यालय जान र साथी बनाउन समेत पाएका छैनन् । जन्मेको पन्ध्र दिनपछि रमेश दर्जीको छालाको कत्ला निस्कन सुरु भयो, छला खस्रो भयो र बिस्तारै कालो बन्न थालेको उनकी आमा नान्डा बताउँछिन् । पहिलो जन्म दिन मनाउने बेलासम्म उनमा यति धेरै पीडा दखियो कि उनी हिड्नै नसक्ने भए । ‘भोक लागेमा वा शौचालय जानु परेमा मात्र उसले भन्ने गथ्र्यो,’ आमा भन्छिन् ।


रमेशलाई सुरुमा इचियोसिस (नाम गरेको एउटा वंशानुगत छालासबन्धि समस्या देखिएको थियो । बेलायतको इचथायोसिस एन्ड रिलेटेड स्किन टाइप्स, इंक (एफआईआरएसटी) का अनुसार यस समस्याबाट हरेक वर्ष १६ हजार बढी प्रभावित हुने गर्छन् । इचथायोसिसले टाउको र अनुहारको छाला सुख्खा भई अन्त्यमा माछाको जस्तो कत्ला देखिन्छ ।


राजधानी काठमान्डौबाट तीन घन्टाको दूरीमा बसोबास गर्ने दर्जी परिवारले बालकको उपचार गर्न सकेको छैन । बालकको नाजुक अवस्था देखिपछि काठमाडौ मेडिकल कलेजले निशुल्क उपचार गरिदिएको थियो । उनको टाउको र अनुहारमा आएका मासु र खटिराका डल्लालाई निकै प्रक्रियाद्धारा अस्पतालले हटाएको थियो ।


‘जन्मिदै उसका माशंपेशी र हड्डी कम्जोर नभएकोले उसलाई उभिन सक्ने बनाउन सक्छौ,’ काठमाडौ मेडिकल कलेजकी डा सबिना भट्टराईले भनिन् ।


चर्चित गायिका जोस स्टोनले रमेशलाई भेट गरी बालकको अवस्थाबारे एउटा भिडियो खिचेर युट्युबमा पोस्ट गरेकी छन् । बालकको अवस्थामा सुधार आएको समेत सो भिडियोमा उनले उल्लेख गरेकी छन् । तर रमेशको रोग बल्झिन सक्ने चिकित्सकले चेतावनी दिँदै आएका छन् ।


जोस स्टोन फाउन्डेसनमार्फत बेलातयकी यी पप स्टारले रमेशको उपचारको लागि निरन्तर कोष जुटाइरहेकी छिन् । उनको उपचार गर्न गो फन्ड मी पेज स्थापना गरिएको छ । २५ हजार डलर रकम उठाउने लक्ष्य राखिएको छ ।


‘चिकित्सकहरुका अनुसार बालक जटिल स्वास्थ्य अवस्थाबाट गुज्रिएका छन् । उनी पूर्ण रुपमा निको हुन पैसा र समयको आवश्यकता पर्छ । जुन ५ मा प्रेषण गरिएको गो फन्ड मी पेजका अनुसर बालकलाई छिट्टै शल्यक्रिया गरी आफ्नै खुट्टामा उभिनका लागि रमेशका चिकित्सकले भिटामिन र औषधीको मात्रा बढाइरहेका छन् । - स्वास्थ्य खबर पत्रिकबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget