Websoft University

www.radiomakalu.com || 021-522512


०७४ माघसम्म केपी ओली नै प्रधानमन्त्री : ज्ञवाली


काठमाडौँ, जेष्ठ २७ गते । एमाले सचिव प्रदीप ज्ञवालीले ०७४ माघसम्म केपी ओली नेतृत्वको सरकार रहने दाबी गरेका छन् ।




‘संविधानको कार्यान्वयन गर्न पनि कांग्रेस लगायत सरकार बाहिर रहेका दलहरु अहिलेकै सरकारमा सहभागी हुनुपर्छ,’ काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले भने ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुमतीय सरकारको नेतृत्व नगर्ने स्पष्ट पारिसकेकोले अब सरकार परिवर्तनको ‘च्याप्टर नै बन्द’ भएको उनको भनाइ थियो । ‘सरकार परिवर्तनका हल्लाहरु बजारमा नचलेका होइनन्,’ उनले भने, ‘तर अब प्रचण्डले नै म प्रधानमन्त्री बन्दिन् भनेपछि, केपी ओली नेतृत्वको सरकार संसदको चुनाव गराएर मात्रै बिदा हुन्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा निर्वाचित भएलगत्तै आफू सरकारमा नजाने बरु बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उदघोष गरेपनि उनले त्यस्तो भूमिका निर्वाह नगरी सरकार गिराउने खेलमा लागेको उनको आरोप थियो ।

ज्ञवालीले संसदीय सुनुवाई समितिमा कांग्रेसले अनावश्यक बखेडा झिकेकोसमेत आरोप लगाए । संविधानले निर्दिष्ट गरेको क्यालेण्डर अनुरुप नै प्रधानमन्त्रीले १५ सदस्यीय सुनुवाई समिति बनाएको उनको दाबी छ । उनले भने, ‘केपी ओलीले संविधानलाई बेवास्ता गरेर १५ सदस्यीयलाई ७५ बनाउन मिल्छ र, यदि सिंगो संसदले चाहियो भन्छ भने नेकपा एमाले शीर निहुर्‍याएर त्यो मान्न तयार छ ।?’

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले केपी ओलीको नेतृत्वमा जानै नसक्ने ठोकुवा गरे । उनले भने, ‘ओलीजी प्रधानमन्त्रीको उम्मेदवार बन्दाखेरि नै हामी उहाँ प्रधानमन्त्री बन्न योग्य हुनुहुन्न भनेर विपक्षमा खडा भएका थियौं, तर नतिजा हाम्रो पक्षमा आएन र अहिले हामी प्रतिपक्षीमा छौं ।’

रिजालले सरकार अल्पमतमा परेर विघटन भए आफूहरु सरकार बनाउने काममा लाग्ने बताए ।

उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउन आफूहरुले यसअघि पनि पहल नगरेको भन्दै यसपटक दाहालले प्रस्ताव गरे उनीसँग बसेर मात्रै निर्णय लिने बताए ।

सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संघीय गठबन्धन अहिले पनि आन्दोलनकै चरणमा रहेको उल्लेख गर्दै सरकारले आफूहरुले अघि सारेका जायज मागहरु सम्बोधन नगरे वार्तामा नबस्ने बताए । उनले कांग्रेस, एमाले र माओवादीले संयुक्त पहल नगरेसम्म वार्ताबाट ठोस समाधान नहुने समेत दाबी गरे ।

कान्तिपुर 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget