बेशराज खत्री
यो संसार युवाहरूको हो किनकि युवा विकास र परिवर्तनका संवाहक हुन् । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकास र परिवर्तनका साधक हुन् । हिम्मत, साहस, सृजनशीलता र विवेकले भरिपूर्ण यो वर्ग राष्ट्र निर्माणको महत्वपूर्ण स्रोत र मेरूदण्ड हो । खासगरी युवा भनेर १५ देखि ४० वर्षसम्मका व्यक्तिलाई भन्छौं । यो वर्ग नेपालमा विसं २०६८ को जनगणनाको तथ्याङ्कअनुसार ३८ दशमलव ८५ प्रतिशत रहेको छ । म आफू यही कित्तामा रहेको नाताले समाज र राष्ट्रको विकासमा म र हामीजस्ता युवा जनशक्तिको भूमिका कस्तो हुनुपर्छ भन्ने उल्लेख गर्न आवश्यक ठानेको छु ।
देशमा सङ्ख्यात्मक र गुणात्मक दुवै कोणबाट युवाकै बाहुल्य रहने भएकाले आर्थिक, सामाजिक रूपान्तरण र विकासमा हाम्रो अत्यन्त महत्वपूर्ण भूमिका रहँदै आएको छ । हामीले इतिहासका महान् विचारक, योद्धा, वैज्ञानिक व्यक्तित्वहरूको जीवनी पढ्यौं भने उनीहरूले आफ्नो युवा अवस्थामै महत्वपूर्ण योगदान गरेको पाउँछौं । त्यसैले हामीले आफ्नो युवा अवस्थामा नै युगान्तकारी भूमिका खेल्न सक्नुपर्छ ।
विश्व इतिहासका पाना पल्टाउने हो भने फ्रान्सको राज्यक्रान्ति, बेलायतको औद्योगिक क्रान्ति, भारतीय स्वतन्त्रता सङ्ग्राम, रूसी क्रान्ति, चिनियाँ क्रान्ति तथा नेपालको इतिहासमा नेपाल एकीकरणदेखि अङ्ग्रेज विरोधी आन्दोलन, १९९७ सालको राणाविरोधी आन्दोलन, २००४ सालको जयतु संस्कृतम्, २००७ सालको प्रजातन्त्र स्थापनाको आन्दोलन, २०४६ सालको आन्दोलन, १० वर्षे जनयुद्ध र त्यसपछि २०६२/६३ सालको आन्दोलनसम्म र सामाजिक, आर्थिक, भाषिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा विभिन्न समयमा भएका आन्दोलन र अभियानमा युवाको उल्लेखनीय भूमिका रहँदै आएको पाइन्छ । नेपाली जनताको लामो प्रयास, अभ्यास र प्रतीक्षापछि अहिले हामीले जनताको संविधान पाएका छौं ।
नयाँ संविधानमार्फत अब हामीले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता तथा पूँजीवादी लोकतन्त्रलाई संस्थागत गरी देशको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक सुधार गर्दै उपलब्ध स्रोतसाधनको आदर्शतम प्रयोगमार्फत विकासको नयाँ ढोका खोल्नु छ । नयाँ संविधानको कार्यान्वयन समयमा हुने र राजनीतिक सङ्क्रमणकाल टुङ्ग्याउन सबैको ध्यान केन्द्रित हुने हो भने देशमा सङ्घीय प्रणालीबाट विकास र अवसरको खुल्छ । यस चरणमा युवाले नयाँ शैलीमा भूमिका निर्वाह गर्नु जरुरी छ ।
विडम्बना नै भन्नुपर्छ, राजनीतिक सङ्क्रमणकाल लम्बिँदै जाँदा पछिल्लो पीँढीका नेपाली युवामा कुण्ठा, नैराश्य, तनाव र वितृष्णा व्यापक बन्दै गएको छ । नेपालमा केही गर्न सकिँदैन, अवसर छैन, रोजगारी पाउन सकिँदैन, जागीरमा चरम नातावाद र राजनीति चल्छ भन्ने जस्ता अनेकौं निरावादी कुरा युवाबाट आएको यथार्थ हामीसँग छ । अस्थिर तथा सङ्क्रमणकालीन राजनीति, राजनीतिमा बूढो पुस्ताको हाबी, उच्च भ्रष्टाचार, युवाको निर्णायक तहमा पहुँच नहुनु, अवसरको न्यून सम्भावना, गौण युवा नीतिजस्ता अनेकन समस्याले अहिले कोही युवा नेताहरूको हतियार बनेका छन् भने कोहीले गलत बाटो समातेका छन् ।
खास गरी पछिल्ला केही वर्षदेखि दैनिक १ हजार ५ सयभन्दा बढी युवाशक्ति विदेश पलायन हुने बाध्यात्मक परिस्थिति बनेको छ । वैदेशिक रोजगारबाट देशमा वार्षिक करीब ४ खर्ब विप्रेषण त भित्रिन्छ तर यो क्षणिक छ । बौद्धिक पलायनले कर्मठ र जुझारू नेपाली युवाको अभाव भई देशको विकास निर्माणमा दीर्घकालीन असर पर्न सक्छ । नेपाली युवामा देखिएको आफ्नै देशप्रतिको वितृष्णा, नैराश्य, नकारात्मकता र बौद्धिक पलायन चुलिँदै जानु वास्तवमै दुःखको कुरा हो । यसले १ दिन नेपाल वृद्धाहरूको देश भन्नुपर्ने अवस्था आउन सक्छ । विसं २०६६ मा राष्ट्रिय युवानीति त आयो । तर, राष्ट्र निर्माणमा अग्रणी भूमिका खेल्ने युवाहरू सरकारबाट नै उपेक्षित हुनुपर्ने अवस्था आयो ।
हामीले अब देशमा केही हुँदैन, केही गर्न सकिँदैन, यहाँ बस्नुको कुनै तुक छैन भन्ने जस्ता भ्रमलाई चिर्न सक्नुपर्छ । हामीले नैराश्य, वितृष्णा, नकारात्मकता र पलायनवादी सोच मात्र पालेर बस्नुभन्दा देशको द्रूत आर्थिक क्रान्तिका लागि नेतृत्व लिई नयाँ ढङ्गको भूमिका निर्वाह गर्न सक्नुपर्छ । विगतका कमजोरीलाई अवसरमा बदल्ने साहस गर्दै देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि जिम्मेवारीबोध हुनु जरुरी छ । देश, समाज र विकास हाम्रै लागि हो किनकि हामीसँग समय, ऊर्जा र काम गर्ने हिम्मत छ ।
नकारात्मताले विनाश र सकारात्मताले विकासको बीजारोपण गर्ने हुँदा सबै युवासाथीले सकारात्मक सोच बनाउनु आजको आवश्यकता हो । समाजको अहिलेको जुन चरित्र र अवस्था छ, यसलाई विकृत होइन, संस्कृत बनाउँदै लैजानुपर्छ । हामीले समाजका वर्षौंदेखि जगडिएका अन्धपरम्परा र सामाजिक विकृतिहरूको जरा उखेल्नु छ । सांस्कृतिक धरोहरहरूको संरक्षण गर्नु छ ।
स्वदेशभित्रको प्राकृतिक र मानवीय संसाधनको उच्चतम रूपमा प्रयोग गरी गरीबी न्यूनीकरण, आर्थिक असमानता कम गर्दै उच्च आर्थिक वृद्धि गर्नु छ । यसका लागि उपयुक्त वातावरण, संरचना प्रथा र प्रणाली बनाउनुमा युवाहरूकै भूमिका महत्वपूर्ण हुन्छ । हामी अब अरूले नै अवसर सृजना गरिदेओस् भनेर बसिरहने हो भने निकम्मा हुन्छौं । विकास र परिवर्तन ल्याउने हो भने देश बनाउने र नेतृत्व लिने हिम्मत कस्नैपर्छ ।
एकथरी मानिसको भनाइ छ, युवाहरू राजनीतिमा लाग्ने होइन, उत्पादनशील क्षेत्रमा लाग्ने हो, तर यो कुरा गलत छ । देश विकसित हुन अर्थनीति र राजनीति राम्रो हुनुपर्छ । यी नीति असल बनाउन युवाहरू राजनीतिमा लाग्नुपर्छ । राजनीतिक दलहरूका सबै कार्यक्रम, आन्दोलन र अभियान सफल पार्न युवाहरूको उल्लेखनीय भूमिका छ । त्यसैले नेतृत्व तहमा युवाहरू आउन आवश्यक छ ।
आजको विश्वव्यापीकरण र आर्थिक उदारीकरणको समयमा विज्ञान र प्रविधिको विकास तीव्र हुँदै छ । आधुनिक विज्ञान र प्रविधिको परिस्थितिमा हुर्केका हामी युवापुस्ता आधुनिक सूचनाप्रविधिले जुन सृजनशीलता पाएका छौं, त्यो विकास निर्माणमा प्रयोग हुनुपर्छ । विदेशमा उच्च शिक्षा प्राप्त गरेर फर्केका उच्च ज्ञान शीप र अनुभवलाई नेपालमा उच्चतम रूपमा प्रयोग गर्नुपर्छ ।
लाखौंको सङ्ख्यामा वैदेशिक रोजगारीमा लागेका युवाले स्वदेशमा फर्केपछि विदेशी ज्ञान, शीप र अनुभवलाई आफ्नै गाउँघरमा प्रयोग गर्नुभयो भने नेपाल छिटो समृद्ध बन्न सक्छ । नयाँ नेपालको निर्माणको अभिभारा अब हामी युवाहरूकै काँधमा छ । हामीले छिमेकी राष्ट्र र अन्य देशहरूको विकास र परिवर्तनबाट तुलनात्मक लाभ लिन सक्नुपर्छ । भनिन्छ, ‘लक्ष्य नै नराखी बाँच्नुभन्दा लक्ष्य राखेर मर्नु बेस ।’
त्यसैले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली युवा दाजुभाइ तथा दिदीबहिनीलाई मेरो आग्रह छ, देश विकासको लक्ष्य लिएर आआफ्नो ज्ञान, शीप र अनुभवलाई प्रयोग गरौं ।
लेखक हिले क्याम्पस धनकुटाका अध्यापक हुन् ।

Post a Comment