Websoft University

www.radiomakalu.com || 021-522512


मोहोमद अलीको शुक्रवार अन्तिम संस्कार

काठमाडौँ, जेष्ठ २३ गते । बक्सिङ खेलका सर्वकालिन महान खेलाडी मोहोमद अलीको आगामी शुक्रवार अन्तिम संस्कार गरिने भएको छ ।



अलीको पारिवारीक स्रोतले दिएको जानकारी अनुसार आगामी शुक्रवार अमेरिकाको केन्टकीस्थित अलीकै गृहनगर लुईसभिलमा अन्तिम श्रदाञ्जली दिएपछि अलीको अन्तिम संस्कार गरिनेछ ।

श्वासप्रश्वास सम्बन्धि समस्या बढेपछि अलीलाई गत शुक्रवार फिनिक्सको एक अस्पतालमा भर्ना गएिको थियो । ३२ वर्षदेखि पार्किन्सन रोगबाड पीडित अलीलाई श्वासप्रश्वास सम्बन्धि समस्या थपिएपछि उपचारकै क्रममा शुक्रवार राती उनको निधन भएको हो ।

पारिवारीक प्रवक्ता बब गुनेलका अनुसार कुनै अज्ञान प्राकृतीक कारणले भएको सेप्टीक सकपछि अलीलाई श्वास प्रश्वासमा समया भएको हो । कुनै पुरानो रोग वा चोटमा बढ्ने संक्रमण र त्यसले निम्त्याउने रक्तचापसम्बन्धि समस्यालाई मेडिकल भाषामा ‘सेप्टीक सक’ भन्ने गरिन्छ ।

बक्सिङका वादशाह मानिने मोहम्मद अली तीन पटक विश्व च्याम्पियन बनेका थिए । उनको मृत्युले विश्व बक्सिङ जगत स्तब्ध बनेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अलीलाई अहिलेसम्मकै महान बक्सरको संज्ञा दिंदै उनको मृत्युले विश्वलाई नैं स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् । ।

यसैगरी पूर्व राष्ट्रपति बिल क्लिन्टन, बेलायती प्रधानमन्त्री डेभिड क्यानमरुन, पुर्व बक्सरहरु माईक टाईसन, जर्ज फोरम्यान, गल्फ खेलाडी टाईगर उड्स, वरिष्ठ संगितकार सर पउल क्याक्कार्ट्नी लगायतले अलीप्रति समवेदना प्रकट गरेका छन् ।

imagekhabar.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget