Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेसले प्रधानमन्त्री ओलीलाई संसदमा बोल्न दिएनन्




काठमाडौं, असार १० गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा सम्बोधन गर्न दिएन । कांग्रेसले बिहीबार भूकम्प पीडितलाई २ लाख एकमुष्ट दिन रकम दिनु पर्ने भन्दै संसद अवरुद्ध परेको थियो र, प्रधानमन्त्रीको जवाफ मागेको थियो ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसले उठाएको विषयको जवाफ दिन चाहेका थिए । तर, संसद बैठक सुरु हुनु अघि नै कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई बोल्न नदिने बताए ।

आफूहरुले उठाएको विषयमा प्रधानमन्त्रीले कुनै सम्वाद नै नगरेकोले बैठक चल्न नदिने उनीहरुले बताए । पहिले पनि संसद अवरुद्ध हुँदा प्रधानमन्त्रीले सम्वन्धित पक्षसँग कुुराकानी गरेर सहमति गर्ने प्रचलन थियो, कांग्रेस सचेतक ईश्वर न्यौपानेले अनलाइनखबरसँग भनिन्, तर, प्रधानमन्त्रीले संसद सुरु हुनु २० मिनेट अघि सम्म पनि कुरा गरेनन् ।

आफूहरुले उठाएको मागबारे के गर्ने भन्ने सहमझदारी नगरे सदन चल्न नदिने कांग्रेसले बताएको छ ।

कांग्रेसको चेतावनीपछि संसद बैठक सुरु हुन सकेको छैन भने प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरुले विपक्षी दलका नेताहरुसँग वार्ता थालेका छन् ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget