Websoft University

www.radiomakalu.com || 021-522512


काबुल आक्रमणमा १४ नेपालीको मृत्यु , ३० भन्दा बढी घाइते




काठमाडौं , असार ६ गते । (अस) । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।काबुलमा सोमाबार बिहान मिनीबसमाथि बम आक्रमण भएको थियो । आक्रमणमा १४ जनाको मृत्यु भएको छ भने ३० भन्दाबढी घाइते भएका छन् । मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृहमन्त्रालयले पुष्टि गरेको छ ।

नेपाली सुरक्षागार्ड बोकेको मिनीबसमाथि बम हमला भएको त्यहाँको गृहमन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले दिएको जानकारी अनुसार पैदल हिड्दै आएका आत्मघाती हमलाकारीले बस रोकिएको अबस्थामा आफुलाई बिष्फोट गराएका थिए । बसमा यात्रा गरिरहेका नेपाली सुरक्षा गार्डसगै सडकमा यात्रा गरिरहेका पैदलयात्रु पनि घाइते भएको अफगान प्रहरीले बताएको छ । परराष्ट्र मन्त्रालयले घटनाका बारेमा विस्तृत विवरण आइनसकेको बताएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget