काग्रेस सांसद् महेन्द्र यादवले बीपी कोइरालाको नाम बजेटमा नराखएकामा आपत्ति प्रकट गरे । उनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको पनि नेता बिपी भएकाले उनको नाम बजेटमा छुटाइनु गलत भएको दाबी गरे ।
सांसद अनिता देवकोटाले पनि कोइराला, गणेशमान सिंहलगायतको नाम बजेटमा छुटाएर एमालेले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए ।
बैठकमा नेपाली कांग्रेसका प्रदीप गिरीले सत्तापक्षले प्रस्तुत गरेको बजेटमाथि प्रतिपक्षी दलले दिएको सुझावलाई आत्मसात् गरेर सच्याउने प्रचलन रहेकाले केही पक्ष सुधार गरेर जान सुझाव दिए ।
सांसद तीन करोड ५० लाखका हाकिम भएः गगन थापा
कांग्रेस सांसद् गगनकुमार थापाले बजेट बाँड्ने प्रतिस्पर्धाले मुलुकलाई कहीँकतै नलैजाने भएकाले यथार्थका आधारमा मात्रै अगाडि बढाउनुपर्ने बताए ।
सांसदलाईतीन करोड ५० लाखको हाकिम बनाएको भन्दै उनले खानेपानी र सडक बाँड्दै हिँड्ने प्रवृत्ति गलत रहेको र वितरण गर्ने प्रणालीले मुलुकलाई कहीँकतै नलैजाने उल्लेख गरे ।
उनले राजस्व, आय, व्यय तथा आर्थिक अवस्थाको ख्याल नयरी बजेट प्रस्तुत गरिएको उनको भनाइ थियो ।
बजेटमाथिको छलफल चलिरहेको व्यवस्थापिका संसद्को अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने छ । रासस -
Post a Comment