Websoft University

www.radiomakalu.com || 021-522512


सौराहामा पर्यटक आकर्षित गर्न दोश्रो पटक ‘रोपाई विशेष’


चितवन, असार १३ गते  । पर्यटकीय नगरी सौराहामा स्वदेशी एवं विदेशी पर्यटकहरुलाई आकर्षित गर्न यस वर्ष पनि ‘रोपाई विशेष कार्यक्रम २०७३’ गरिने भएको छ ।
नाकावन्दी र भूकम्पपछि सुनसान अवस्थामा रहेको चितवनको पर्यटकीय नगरी सौराहामा दोश्रो पटक पर्यटन व्यवसायीहरुको पहलमा रोपाई विशेष कार्यक्रम आसार १५ मा गरिन लागेको कार्यक्रम संयोजक तथा क्षेत्रिय होटल संघका उपाध्यक्ष भेषराज दवाडीले जानकारी दिए ।
पर्यटन व्यवसायको प्रवर्द्धन गर्ने लक्ष्यसहित चितवनको सौराहामा ‘रोपाई विशेष कार्यक्रम २०७३’राष्ट्रिय धान दिवस-२०७३  एवं” ११ औं रोपाई विशेष कार्यक्रम”को अवसरमा क्षेत्रयि होटल संघ नेपाल चितवनको अगुवाईमा दोश्रो पटक हुन लागेको हो ।
“कृषि र पर्यटन संँगसँंगै” भन्ने नाराका साथ मुलुकमा नाकावन्दी र भुकम्पको कारण जारी समस्या सृजना हुनुको साथै पर्यटन व्यवसायनै धरापमा पर्न गएको परिस्थितीमा हाम्रो देशको विशेषता अनुसार पर्यटन व्यवसायलाई कृषि संग जोडाएर ‘रोपाई विशेष कार्यक्रम ‘ गरिएको क्षेत्रिय होटल संघ सौराहाका उपाध्यक्ष भेषराज दवाडीले सोमबार संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।
‘कार्यक्रमको सबै तयारीलाई पुरा भईसकेको भन्दै, सौराहामा स्वेदशी एवं विदेशी पर्यटकलाई महोत्सवमा उपस्थित गराई हिलोमा खेलाउनेछौं ।’ पर्यटकलाई लक्षित गरी विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम पनि गरिने छ । पर्यटन व्यवसायलाई कृषि संग जोडाएर कृषकहरुलाई अरगानिक उत्पादनमा जोड दिएर तरकारी, फलफुल, खाध्यान्न, दुग्धजन्य पदार्थ तथा अण्डा माछा, मासु लगाएतका उत्पादनलाई यस पर्यटकिय क्षत्रेमा वजारको समेत व्यवस्था गाउने उद्देश्यले कार्यक्रमलाई सबै संघ संस्था मिलेर जोड दिएको संघका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टले जानकारी दिए ।
जि.वि.स. चितवन, जिल्ला कृषि विकास कार्यालय र र.न.पा.र चितवन पर्यटन विकास सतितिकोे विशेष सहयोगमा क्षेत्रयि होटल संघ नेपाल चितवन सौराहाको संयोजन तथा रेवान सौराहा, चितवन पर्यटन विकास समिति, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था लि., वाघमारा र चित्रसेन मध्यवर्ती सामुदायीक वन समेत सामेल भई रोपाई कार्यक्र गर्न लागिएका हुन् । यस अघि सौराहामा पर्यावरणीय कृषक मञ्चको संयोजनमा रोपाई कार्यक्रम हुदै आएको थियो ।
कार्यक्रम यसपटक असार १५ गते रत्ननगर नगरपालिका १८ स्थित सौराहाको होटल मोनालिशा अगाडी, विहान ८ः०० बजेदेखि सुरु हुनेछ ।
रेवान सौराहाका अध्यक्ष लालबहादुर भटले आन्तरिक तथा वाहृय पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस क्षेत्रमा हुने चितवन हात्ति महोत्सव तथा सौराहा फुट फेष्टिवल जस्तै यस रोपाई विशेष कार्यक्रमलाई पनि निरन्तरता दिई पर्यटक शुन्य हुने समयमा पर्यटकहरुको आगमनमा वृद्धि आउने उद्देश्य रहेको बताए ।
सोही अवसरमा साउने प्रतियोगिता, असारे गीतसँगै हात्ती सहित रोपाइ, विदेशी र नेपालीसहित विभिन्न समूहको रस्साकस्सी, हिले दौडलगायत कार्यक्रम समेत हुने क्षेत्रिय होटल संघका महासचिव राममणि खनालले बताए ।
कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । सौराहा आउने पर्यटकहरुलाई स्थानिय स्तरमा उत्पादन भएका आर्गानिक उत्पादकहरु उपभोग गराउने र प्राङ्गारिक खेति प्रणालीको विकास गर्न आयोजकको विश्वास छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget