Websoft University

www.radiomakalu.com || 021-522512


पदयात्रा पर्यटनमा पहिलो प्रविधि भित्रिँदै

एप्समा सम्बन्धित पदमार्ग र त्यहाँको सांस्कृतिक रीतिरिवाज मात्र नभई पशुपक्षी समेतको जानकारी
पदयात्रा पर्यटनमा पहिलो प्रविधि भित्रिँदै
 काठमाडौं , असार ११ गते  । पदयात्री पर्यटकलाई सम्बन्धित गन्तब्यमा पुग्न र त्यहाँको विस्तृत जानकारी दिने गरी प्रविधिमैत्री सूचना प्रणाली लागू गरिने भएको छ । पथप्रदर्शकलाई लक्षित गरी नेपालमै पहिलो पटक नेपाली प्रविधि र सीपमा निर्माण गरिएको मोबाइल ‘एप्स टे«किङ इन नेपाल’ प्रयोगमा ल्याउने तयारी गरिएको हो । 
नेपाली युवा आशिष श्रेष्ठ र अभिषेक पौडेलले निर्माण गरेको मोबाइल एप्स इन्टरनेटबिना नै सजिलै डाउनलोड गरी चलाउन सकिनेछ । हाललाई ४० एमबी क्षमताको उक्त एप्सपछि पर्यटकीय गन्तब्य विस्तारसँगै बढाइने जनाइएको छ । पहिलो परीक्षणका रुपमा चर्चित पदमार्ग सगरमाथा, अन्नपूर्ण बेस क्याम्प र घोरेपानी पुनःहिलमा प्रयोग गरिने एप्स निर्माता आशिष श्रेष्ठले बताए । यो प्रविधि पदयात्रा पर्यटनमा पहिलो भएको बताउँदै उनले मोबाइल एप्सबाट एउटा पदयात्रीलाई के–के चाहिन्छ, ती सबै जानकारी समेटिएको बताए । 
यसअघि विदेशी एक कम्पनी ‘लोन्ली प्लानेट’ ले बनाएको भए पनि पदयात्रामा जाने रुटको मात्र जानकारी थियो । नेपालीले बनाएको यो एप्समा सम्बन्धित पदमार्ग र त्यहाँको सांस्कृतिक रीतिरिवाज मात्र नभई पशुपक्षी आदिको समेत जानकारी समेटिएको छ । उद्घाटनका अवसरमा मोबाइल एप्स घोरेपानी पुनःहिललाई निःशुल्क गरिए पनि सगरमाथाका लागि १५ र अन्नपूर्णका लागि १० डलर लाग्ने बताइएको छ ।  
आगामी १७ जुलाईमा औपचारिक सार्वजनिक गरिने उक्त एप्सको प्रयोगबारे पदप्रदर्शक र पर्यटन तथा होटल व्यवस्थापनका विद्यार्थीलाई अभिमुखीकरण गराइएको छ । नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित अभिमुखीकरणमा २० जना व्यावसायिक पथप्रदर्शक र ४५ जना विद्यार्थीको सहभागिता थियो । सहभागीको जिज्ञासा र आवश्यकताका आधारमा विज्ञलाई समेत ल्याएर थप अभिमुखीकरण गराइने आयोजक श्रेष्ठले बताए । 
पर्यटनमा शुरु गर्न लागिएको यो प्रविधिले भूकम्प र नाकाबन्दीबाट केही कमजोर बनेको मुलुकको पर्यटन प्रवद्र्धनमा सकारात्मक सन्देश जाने आयोजकको दाबी छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget