Websoft University

www.radiomakalu.com || 021-522512


यसकारण म नेविसंघ सभापतिको दाबेदार : कुन्दन काफ्ले



संगठनभित्रको तीव्र विवाद र माउपार्टी काँग्रेसले गुटलाई गरेको संरक्षणका कारण नेपाल विद्यार्थी संघकोे १० वर्षसम्म अधिवेशन हुन सकेको छैन । पटक–पटक अधिवेशन तोके पनि गुटगत विवादकै कारण हुन सकेन । भर्खरै साउन २३, २४ र २५ गतेका लागि अधिवेशन तोकिएको छ । तर, विगतमा आफ्नै नेता एक–अर्को गुटपक्षबाट कुटिने, कालोमोसो दल्नेलगायतका विवादले विवाद छताछुल्ल छ । वर्तमान अध्यक्षको समूहले गुटलाई संरक्षण गरेको, गैरविद्यार्थीलाई नेतृत्व दिन पार्टीपंक्ति लागेको, विद्यार्थी नेतृत्वमा उमेरहद निर्धारण नभएकोलगायतका आरोप एउटा पक्षले लगाएको छ भने गुटगत विवादका कारण कुटपिट र कालोमोसो दल्नेसम्मका हर्कत गरेको अध्यक्षको गुटले लगाउँदै आएको छ । यो विवादबीच यसपटक तोकिएको महाधिवेशनमा पनि तीव्र विवाद हुने देखिएको छ । यस सन्दर्भमा निवर्तमान कोषाध्यक्ष तथा प्रभावशाली नेता कुन्दन काफ्लेसँग रातोपाटीकर्मी भरत पाण्डेयले गरेको कुराकानी :

प्रतिनिधि छनोट, गैरविद्यार्थी र विधान निर्माणलगायतका विवादबीच नेपाल विद्यार्थी संघले १० वर्षसम्म रोकिएको महाधिवेशन गर्न लागेको छ, यो महाधिवेशन सम्पन्न हुन्छ ?




नेपाल विद्यार्थी संघमा बारम्बार धेरैपटक अधिवेशन तोकेर स्थगित भएको छ । यो अधिवेशन स्थगित हुनुको प्रमुख कारण नेपाली विद्यार्थी संघका नेताहरू, समग्र विद्यार्थी नेता र देशको नेता हुनुभन्दा पनि गुटको नेता भएको छ । विद्यार्थीको होइन, गुटको नेतामात्र भएका कारणले गर्दा नेपाल विद्यार्थी संघको अधिवेशन बारम्बार स्थगित भएको हो । अहिले पनि यही मानसकिताले ग्रसित नेतृत्वबाट संघको अधिवेशन सम्भव छैन । त्यसो भएकाले गुटको नेता होइन, समग्र विद्यार्थीको नेता, समग्र नेपाल विद्यार्थी संघको नेता हुने दिशामा अगाडि बढ्नुपर्छ महाधिवेशन सुनिश्चितताका लागि । र, दोस्रो कुरा अहिले महाधिवेशन सुनिश्चितता हुने कुराको राम्रो पक्ष के हो भने छलफलको सुरुवातचाहिँ सबै पक्षका साथीबाट भएको छ । यो स्वागतयोग्य कुरा हो । तर, यो धेरै अगाडि गएको छैन । यति छलफल गरेरमात्रै नेपाल विद्यार्थी संघको महाधिवेशन त हुँदैन । तर, सुरुवात राम्रो भएको छ । नेविसंघको अधिवेशन साउनमा तोकेको मितिमा हुनैपर्छ भन्ने मान्यता हाम्रो हो ।

यहाँले आफै भन्नुभयो विद्यार्थी नेताहरू गुटको नेता बनेको र पार्टीले पनि पहल नगरेकाले अधिवेशन लामो समयसम्म रोकियो । विवाद कसरी मिल्छ र कहिले ?

विवाद मिलेको छैन । यो र ऊ पक्षभन्दा पनि विधिसम्मत हिसाबले नेविसंघको महाधिवेशन गर्नुपर्छ । विधिसम्मत हिसाबले महाधिवेशन गरेमा न डेलिकेट्सको समस्या हुन्छ न अरू समस्या नै । अहिलेको नेविसंघको विधि–विधानमभित्र रहेर अधिवेशन गर्न खोजेको खण्डमा अधिवेशन हुन्छ । तर, धेरै ठाउँमा धेरै जटिल समस्या छन् । त्यो समाधान भएको खण्डमा लामो समयसम्म नेविसंघको महाधिवशेन नभएको अवस्थामा सबै पक्षसँग मिलेर अगाडि बढेको खण्डमा महाधिवेशन हुन्छ । हुनुपर्छ ।

नेविसंघका तत्कालीन अध्यक्ष प्रदीप पौडेलले राजीनामा दिएपछि अधिवेशन गराउनका लागि भनेर यो कमिटी बनेको हो । हामीले विभिन्न साथीभाइसँग विभिन्न फोरममा उठाएर पार्टी नेतृत्वलाई बारम्बार आग्रह गरेरमात्रै गर्न सक्छांै । हामी केन्द्रीय समितिमा छैनौं । तत्कालीन अवस्थामा केन्द्रीय समितिमा रहने साथीहरू नेविसंघको अधिवेशनमा भाग लिन नपाउने भनिएको थियो । जसले गर्दा नेतृत्व लिन चाहने धेरै साथी बाहिर छौं । त्यो कारणले गर्दा नेविसंघमा अहिलेको कमिटीले सल्लाह गर्ने हो । एजेन्डा उठेका छन् । राम्रा–राम्रा एजेन्डा उठेका छन् । नेतृत्वले फलानो तिलानो नभनीकन नेविसंघको हितमा निर्णय गर्नुपर्छ । विधान छलफलका कुरा उठेका छन् । उमेरका कुरा उठेका छन् । यही महाधिवेशनलाई सबै कुराले खुला राख्ने, लामो समय अधिवेशन नभएका कारण अर्को महाधिवेशनसम्म उमेरहद तोक्ने, यावत् कुरा छन् । नराम्रा कुराबीचमा राम्रो पक्ष धेरै उठेका छन् । तर, त्यो कुरा गर्नेचाहिँ नेतृत्वले हो । नेतृत्व इमानदार हुनुपर्यो । नेतृत्व इमानदार नभएको खण्डमा र भागबन्डाका आधारमा अधिवेशन गर्छु भन्ने दुस्साहस गर्छन् भने त्यो काल्पनिकमात्रै हो । टीकेप्रथाका आधारमा नेविसंघको अधिवेशन हुन सक्दैन ।

एउटा विद्यार्थी संगठनलाई एकपक्षीय रूपमा भागबन्डाका आधारमा लैजान खोजेर पार्टीले संगठनलाई निष्क्रियजस्तै बनायो । अहिलेचाहिँ यी समस्या समाधान गर्न पार्टीले नै चासो देखाएको हो ?

हामीले बारम्बार पार्टी नेतृत्वसँग भेट्दा यी समस्या समाधान गर्न निर्देशन समिति बनाउने र नेविसंघभित्र तपाईंको समस्या के हो ? तपाईंहरूले नै छलफल गरेर ल्याउनुस् भनेर भन्नुभएको थियो । मलाई पनि एक÷दुईपटक बोलाउँदा समिति बनाएर लैजान्छौं । हामी सबैले वैचारिक हिसाबले ‘विनविन पोजिसन’मा लैजान्छांै । चुनाव भनेको त जसको भोट धेरै आयो उसले जित्ने कुरा हो । त्यो कुरा अन्तिम कुरा हो । प्रारम्भिक कुराचाहिँ सनेपाले नेविसंघको अधिवेशनको निर्णय गरेर सबैको सहभागिता गराउने कुरालाई अगाडि बढाएर वर्तमान नेतृत्वले वचनबद्धता गरेको छ । त्यो कुरा कार्यान्वयन पक्षमा लैजाने नलैजाने हेर्न बाँकी छ ।
हामी सुरुमा नेविसंघमा लाग्दा संघमा नेतृत्व, कार्यक्रम, एजेन्डाका कुरा हुन्थ्यो । संघको नेतृत्वले गलत गरेका कारण बारम्बार यस्ता गल्ती दोहोर्याएका कारण हाम्रो बल नेतृत्वको काँधमा गएको हो । नेविसंघ राम्रो हुँदा, सही नेतृत्व हँुदा राजनीतिक दलका नेताले गलत काम गर्दा नेविसंघले औंला ठड्याउँथ्यो । यो देखेर कांग्रेस नेता डराउँथे । त्यो बिगारेको, अहिलेको १०÷१५ वर्षको अवस्थामा हो । त्यही भएर नेविसंघले सही काम गर्छ भने हामी नेताहरूलाई ठीक ठाउँमा ल्याउँछांै । हामी नेताले गरेको गलत कुराको ‘अब्जेक्सन’ गर्छौं र हामी सही ट्र्याकमा ल्याउन सक्षम बनाउँछौं । त्यस्तो संघ निर्माण हाम्रो अभियान हो । संघले नचलेको खण्डमा बिग्रेका कुरा गर्नुभयो । नेविसंघ अबको ११औं अधिवेशनबाट सक्षम र सबल बन्छ । त्यो सक्षम र सबल नेविसंघले नेतृत्वलाई सही ट्र्याकमा ल्याउँछ । त्यो कुरा म विश्वास दिलाउन चाहन्छु ।

नेतृत्व जस्तोसुकै भए पनि संगठन नै नभएको भन्ने अवस्था होइन । तर, नेविसंघ राज्यलाई सकारात्मक दिशामा केन्द्रित गरी शैक्षिक समस्या समाधान गर्न भूमिका खेलेन भन्ने आरोप छ नि ?

सही कुरा हो । हामी राजनीतिक मुद्दामा केन्द्रित भयौं । स्वतन्त्रताका मुद्दामा केन्द्रित भयांै । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अब समृद्ध नेपाल कल्पनासहित नेविसंघ अगाडि बढेको छ । अबको हाम्रो बाटो त्यता केन्द्रित छ ।

विश्वविद्यालय राजनीति गर्ने थलो र आफू नेतृत्वमा जाने भर्याङका रूपमा मात्र भयो । यसको समग्र विकास प्रक्रिया र उत्पादनमुखी शिक्षा प्रणाली बनाउन नेतृत्व चुकेको हो ?

सही कुरा । नेविसंघभन्दा पनि यो शान्तिप्रक्रियापछि समग्र राजनीतिमा देखिएको कुरा हो । नेविसंघको मात्र भन्दा पनि अहिले यो एमालेको युनिभर्सिटी, कांग्रेसको युनिभर्सिटी, माओवादीको युनिभर्सिटी भनेर प्राज्ञिक संस्थाभित्र झन्डा फहराउने काम भयो, यो गलत कुरा हो । योविरुद्ध नेविसंघ नबोलेको होइन बोलेको छ । तर, सक्षम नेतृत्व नभएका कारण कार्यान्वयनमा गएको छैन । यो अत्यन्त गलत कुरा हो । युनिभर्सिटी कांग्रेसको हुन्न, एमाले वा माओवादीको हुन्न । विश्वविद्यालय देशको हुन्छ, विश्वको हुन्छ । शिक्षा भनेको सबैको हो । यो अत्यन्तै गलत काम अहिलेको नेतृत्वले गरेको छ । यो निन्दनीय छ । यो घटना रोक्ने दिशामा नेविसंघ अगाडि बढ्छ । शिक्षाका यस्ता यावत् समस्या अबको एघारांै महाधिवेशनले ८० प्रतिशत अन्त्य गर्ने कुरा विश्वस्त दिलाउन चाहन्छु ।

अब पार्टीले पनि पहल गरेर तपाईंले भनेजस्तै कमजोरी सुधारेर गयो भने महाधिवेशन पक्कै हुने होला । महाधिवेशन भयो भने कस्तो नेतृत्व बनाउन चाहनुहुन्छ ?

नेविसंघमा मेरो विकल्प छैन । किन पनि मेरो विकल्प छैन भने संघले जेहाद छेड्नुपर्ने अवस्था आएको छ । त्यो जेहाद शिक्षा क्षेत्रको क्रान्ति हो । म आफू नेविसंघको विभिन्न नेतृत्वमा रहँदा हिजोको गणतान्तिक एजेन्डा उठाएको हुँ । काँग्रेस संवैधानिक राजतन्त्र, बेबी किङ भनिरहेको अवस्थामा हामीले नेपाली जनता राजतन्त्रको पक्षमा छैनन्, गणतन्त्रको पक्षमा छन् भनेर जनमतसंग्रह गर्यौं । मैले मेरो नेतृत्वमा गरेको जनमतसंग्रहको कुरा र राजतन्त्रको सान्दर्भिकताको बहसले नै काँग्रेस गणतन्त्रउन्मुख भएको हो । त्यही भएर हामीले त्यही जनआधारलाई टेकेर २०६२-०६३ मा जननायक गिरिजाप्रसाद कोइरालाले गरेको आन्दोलनलाई निष्कर्षमा पुर्याएर यो मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने अवस्थामा ल्यायांै । हामीले जतिखेर गणतन्त्रका कुरा गथ्र्यौं, त्यतिखेर गोरुगाडा चढेर अमेरिका पुगिँदैन भनेर राजनीतिक दलका प्रमुखले बोल्ने गर्नुहुन्थ्यो । पछि उहाँहरू नै हाम्रो एजेन्डामा आउनुभयो । पछि धेरै सर्वसाधारण यो कल्पनाबाहिरको कुराभन्दा हामीले त्यो सपना देख्यौं, त्यो आधार बनायांै र निर्णयमा पुग्यौं ।

हामीले २०६२-०६३ को आन्दोलनको उपलब्धि, ०४६, ०३६ को र ००७ को आन्दोलनको उपलब्धि ठूलो हो । तर, त्यही आन्दोलनको उपलब्धि किन संस्थागत हुन सकेन ? ०४६ को आन्दोलनमा त नितान्त नेविसंघले गरेको आन्दोलनबाट हो, अरू कुनै पनि विद्यार्थी संगठन नभएको आन्दोलनले परिवर्तन गरेको हो । कसैले परिकल्पना नगरेकोमा सबै नेपाली बन्छ भन्ने नारा दिइरहेको अवस्थामा जनमतसंग्रहमा पुर्याउन सक्ने नेविसंघ थियो । आझेलको नेविसंघलाई चर्चामा पुर्याउन हामीले फेरि त्यही रूपमा आन्दोलन गर्यांै । हामीले फेरि शिक्षामा क्रान्ति गर्दा यहाँ धेरै समस्या छन्, यहाँ हाम्रो शिक्षा प्रणाली अरू विश्वविद्यालयको कपी पेस्ट छ । नेपालको भूगोलसुहाउँदो, माटोसुहाउँदो नेपालको आवश्यकताको सिद्धान्त छैन । यहाँ एसएलसी पास गरेको पनि विदेश जान्छ, प्लस टु पास गरेको पनि विदेश जान्छ । यहाँ संस्कृत पढ्ने मान्छे पनि विदेश जान्छ । त्यही भएर यहाँको शैक्षिक उत्पादनले नेपाल सुन्दर बनाउनु छ, हरियाली बनाउनु छ । त्यो दिशामा अगाडि बढ्नका लागि सबल र सक्षम नेतृत्व आवश्यक छ । त्यो नेतृत्व म हुँ । नेविसंघमा मेरो विकल्पमा अरू कोही हुन सक्दैनन् ।
तपाईं नेविसंघको अध्यक्षको दाबेदार, नेपालको विद्यार्थी आन्दोलन र शैक्षिक क्षेत्रमा यहाँले धेरै समस्या औंल्याउनुभयो ।

आफंैले देखेका समस्याजस्तै शैक्षिक जनशक्ति विदेश पलायन हुन नदिनका लागि, विद्यार्थी आन्दोलन उपलब्धिमूलक बनाउन र शैक्षिक क्षेत्रको सुधारका लागि यहाँको बुँदागत रूपमा के–के एजेन्डा छन् ?

पहिलो त नेपालमा शिक्षा प्रणाली सुधारका लागि धेरै रिसर्च सेन्टर खोलिनुपर्छ । धेरै नेपाली एक्स्पोर्ट निकाल्नुपर्छ । १०, ५० र १०० वर्षका लागि हाम्रो शिक्षा प्रणाली कस्तो हुनुपर्छ ? त्यो विषयमा छलफल आवश्यक छ । सम्पन्न र समृद्ध नेपाल बनाउन आवश्यक छ । मैले बुँदागत भन्नुभन्दा पनि सबै प्रान्त, जिल्लामा रिसर्च सेन्टर खोलिनुपर्छ । त्यहाँ कुन जनशक्ति आवश्यक हो ? कस्तो नैतिकवान् विद्यार्थी उत्पादन गर्ने ? कस्तो राष्ट्रियता भएको विद्यार्थी उत्पादन गर्ने ? नेपालमा कस्तो इन्जिनियर आवश्यक हो ? कुन रोगको डाक्टरको आवश्यक बढी छ ? ती सबैमा ध्यान दिनुपर्छ । अहिले सीटीईभीटीका इन्स्टिच्युट यति धेरै छन्, उत्पादन भएको जनशक्तिले जागिर पाउँदैनन् ।

त्यसैले हामीलाई कस्तो टेक्नोक्र्याट चाहियो ? यावत् विषयमा रिसर्च गर्न आवश्यक छ । रिसर्च गरेको जनशक्ति कहाँ सदुपयोग गर्ने, त्यसको पनि रिसर्च गर्नुपर्नेछ । हामीले कुन मार्केटमा कहाँ लैजाने ? नेपाल कुन दिशामा अगाडि बढ्ने ? हाइड्रोपावरमा हाम्रो धारणा के ? वनमा हाम्रो धारणा के ? सडकमा हाम्रो धारणा के ? यावत् विषयमा रिसर्च गरेर कार्यान्वयन गर्ने शैक्षिक पाठ्यक्रम नै परिवर्तन गर्न आवश्यक छ । अहिलेको युनिभर्सिटीको फम्र्याट नै चेन्ज गर्न आवश्यक छ । यो नेविसंघले मात्रै गर्न सक्छ । तर, त्यो अगाडि बढाउनका लागि उसले समयमै अधिवेशन गर्ने, समयमै यस्ता एजेन्डामा छलफल गर्ने योजना बनाउनुपर्छ । त्यसका लागि नीति के हो ? नीति मात्रैले हुन्थ्यो भने हिजो किन ६ महिनामा आएको नेतृत्वले अहिलेसम्म अधिवेशन गर्न सकेन ? सही नीतिका लागि सही नेतृत्व आवश्यकछ । त्यही भएर विगतमा यस्ता काम मैले गरेर पुष्टि गरिसकेको छु । त्यसकारण म नेविसंघ सभापतिको दाबेदार हँु ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget