Websoft University

www.radiomakalu.com || 021-522512


सरकारी काम कहिले जाला घाम



                                                                     फोटो  रेडियो मकालु 

अनुज सापकोटा

विराटनगर , जेष्ठ ३१ गते । सरकारले धक फुकाएर सेवाग्राहीहरुको लागि चाप बढि भएको सरकारी कार्यलयहरु विहान ६ बजेदेखि सञ्चालन हुने घोषणा गरेको थियो ।

तर सरकारी कर्मचारीहरुले उक्त घोषणाको धज्जी उडाएकाछन् । रेडियो मकालुले सरकारी घोषणाको कति पालना हुँदो रहेछ भनेर जिल्ला प्रशासन कार्यालय अनुगमन गरेको थियो । रेडियो मकालु विहान ७.०० वजे पुग्दा कुनै फाँटका कर्मचारी भेटिएनन् । सबै फाँटका मेच र कुर्ची हरु खालि पाइयो ।


                                                    फोटो  रेडियो मकालु 

पासापोर्ट फाँटका कर्मचारी विहान ८.०० वजे , नागरिकता फाँटका कर्मचारी विहान ८.३० मा फाट्टफुट्ट आएको पाइयो । लेखा र रुजु फाँटको कर्मचारी १० नबजी कार्यलयमा देखिएनन् ।




यसबारेमा जिल्ला प्रशासन कार्यलयका कर्मचारीसंग जिज्ञासा राख्दा आप्mनो पनि घरवार भएको र सबैतिर भ्याउनु पर्ने भएकोले विहान ६ वजेनै कार्यालय आउन नसक्ने भन्दै गैरजिम्मेवार पूर्ण जबाफ फर्काए ।




एक सेवाग्राहीले यी कर्मचारीहरुको सरकारी काम कहिले जाला घाम भने जस्तै व्यवहारमा परिवर्तन नआएको र कर्मचारीहरु केवल तलब भत्ता बढाउनु मै केन्द्रित भई छाडातन्त्रलाई प्रशय दिएको भन्दै दुख मनाउ गरे ।
फोटो  रेडियो मकालु 


विराटनगर ६ का गौरव कोइरालाले घोषणामै सिमित विहान ६ बजेदेखि सरकारी सेवाभन्ने नियम तत्काल खारेज गर्न माँग गरे । होइन भने कर्मचारीहरुलाई यो नियम मान्न बाध्य बनाउन सरकार सक्षम हुनुपर्ने बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget