Websoft University

www.radiomakalu.com || 021-522512


सबैभन्दा लामो टनेल तयार


काठमाडौँ, जेष्ठ २१ गते ।संसारकै सबैभन्दा लामो र गहिरो रेल सुरुङमार्ग स्विटजरल्यान्डमा बिहीबार विधिवत् उद्घाटन भएको छ । यो बनाउन करिब दुई दशक लाग्यो ।




५७ किमि लामो दोहोरो मार्गले स्विस आल्पस पर्वत क्षेत्रमा पर्ने उत्तरी र दक्षिणी युरोपलाई हाइस्पिड रेलका माध्यमबाट जोड्नेछ ।

यसबाट युरोपको जिन्सी ओसारपसारमा क्रान्तिकारी सुधार आउने स्विजटरल्यान्डको दाबी छ ।

लाखौं लरीहरूले उठाउँदै आएको सामान सस्तो मूल्यमा छिटोभन्दा छिटो रेलबाट ओसारपसार हुँदा युरोपेलीहरूलाई धेरै फाइदा हुने अनुमान छ ।

यसअघि जापानको सेइकान रेल टनेल (५३.४ किमि) ले कीर्तिमान राखेको थियो । तेस्रो ठूलो टनेल (५०.५) बेलायत र फ्रान्स जोड्छ । युरोपेली नेताहरू जर्मन एन्जेला मर्केल, फ्रान्सका राष्ट्रपति फ्रान्सिस ओलान्दे, इटालीका प्रधानमन्त्री माटे रेन्जी, अस्ट्रियाली चान्सलर क्रिस्चियन कर्नलगायत उद्घाटन समारोहमा सहभागी थिए ।

युरोपेली आयोगका प्रमुख जिन क्लाउडे जन्कर पनि उपस्थित थिए । यी उच्च पदस्थहरूको उद्घाटनमा समारोहमा उपस्थिति भएबाट निकै अर्थ लागेको छ ।

खास गरी आल्पस क्षेत्रको पर्यावरणीय संरक्षणमा यसले भूमिका खेल्नेमा धेरैको भरोसा छ ।

युरोपका सामानहरू वारपार गर्न आल्पस पार गर्नैपर्छ । चाहे त्यो इटालियाली रक्सी नेदरल्यान्ड पुग्न होस् या जर्मन कार ग्रिस । अब यो सबै छिटो र सस्तै हुनेछ ।

आउने डिसेम्बरमा यो रेल सेवा पूर्णतामा चल्नेछ । अब जुरिचबाट मिलान पुगन मात्रै एक घण्टा लाग्नेछ । पहाडमुनि कुद्ने यो रेलको बाटो धागोतन्के सिधा छ । यो टनेल मा एकसाथ २ सय ६० सामान बोकेका र ६५ यात्रुवाहक ट्रेन चल्न सक्छन्, १७ मिनेटको समयमा वारके पार हुने गरी ।

मूल्यअभिवृद्धि कर र इन्धन कर, रोड टोल र सरकारी ऋणबाट यो टनेल निर्माण गरिएको हो ।

जुन ऋण एक दशकभित्र तिरिसक्नुपर्छ । स्विस बैंक क्रेडिट सुसीले यो टनेल रेलका कारण युरोपभर जिन्सी ओसारपसारमा सुविधा बढ्नुका साथै पर्यटनमा अभिवुद्धि हुने बताएको छ ।

kantipur 
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget