Websoft University

www.radiomakalu.com || 021-522512


युरोपीय संघसँग ब्रिटेनको सम्बन्ध विच्छेद पक्का

काठमाडौं । ब्रिटेन युरोपीय युनियन (ईयू)बाट बाहिरिने पक्का भएको छ ।
ईयूमा रहिरहने कि अलग हुने भन्नेबारे बि्रटेनमा बिहीबार जनमत संग्रह भएको थियो । अन्तिम चरणमा पुगेको मतगणनामा इयू छाड्नुपर्ने पक्षमा ५२ प्रतिशत मत खसेको छ ।
पूर्वोत्तर इंग्ल्याण्ड, वेल्स र मिडल्याड्सका अधिकांश मतदाताले युरोपीय संघबाट अलग हुने पक्षमा मत दिएका छन् । लण्डन, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका अधिकांश मतदाता भने ईयूमा रहने पक्षमा देखिए ।
britainईयू छाड्नु पर्ने पक्षमा १ करोड ६७ लाख ३८ हजारबढी मत परेको छ भने ईयूमा रहनु पर्ने १ करोड ५६ लाख मत परेको छ । मत गणना अझै जारी छ ।
मतदानसम्वन्धी विज्ञहरुका अनुसार १ करोड ६८ लाख १३ हजार मत ल्याउने विजयी हुने अनुमान छ ।
सबै २८२ मतगणना केन्द्रको नजिता प्रमाणित भएपटि म्यानचेष्टरको सिटी हलबाट चुनावी परिणाम घोषणा हुनेछ ।
युरोपेली संघ के हो ?
युरोपीय संघ, जसलाई ईयू भनिन्छ, २८ युरोपीय देशको आर्थिक एवं राजनीतिक साझेदारी छ । द्वीतीय विश्वयुद्धपछि आर्थिक सहयोग बढाउन संघ निर्माण भएको थियो । यसको उद्देश्य एकसाथ व्यापार गरिरहेका देश एकअर्काविरुद्ध युद्ध गर्नबाट बचाउनु पनि थियो । त्यसबेलादेखि ईयु अहिलेसम्म एक बजारका रुपमा विकास भएको छ ।
ईयूमा आवद्ध देशका सामान र मानिसहरु विना रोकटोक आवत जावत गर्न सक्छन्, मानौं सबै सदस्य देश एक पूरा देश हो । यसको आफ्नै मुद्रा छ, जुन १९ देशमा प्रयोग हुन्छ ।
ईयुको आफ्नै संसद छ । युरोपीय संघले विभिन्न क्षेत्रमा आफ्नै नियम बनाएको छ । जसमा पर्यावरण, पारवहन, उपभोक्ता अधिकार र मोबाइल फोनको मुल्यसमेत तय गरिनेछ ।
britain2जनमत संग्रहमा के सोधिएको छ ?
जनमत संग्रहमा सोधिएको प्रश्न छ-के युनाइटेड किङडम युरोपीय युनियनको सदस्य रहनुपर्छ ? वा युरोपीय युनियन छोड्नुपर्छ ?’
ब्रेक्सिटको अर्थ के हो ?

ब्रेक्सिट शब्दको अर्थ हो कि बि्रटेनले युरोपीय संघ छोड्छ । ब्रिटेन र छोड्ने शब्द मिलाएर यो शब्द बनाइको हो । यसअघि ग्रीसमा युरोपीय संघ छोड्ने बेला ‘गि्रक्सिट’ शब्द प्रयोग भएको थियो ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget