बिराटनगर, असार १२ गते। आज विरेन्द्र सभागृहमा राप्रपा नेपालको तेश्रो मोरङ जिल्ला अधिवेशन तथा हिन्दू जागरण सभा सम्पन्न भएको छ । सो अधिवेशनको उद्घाटन उपप्रधान, परराष्ट्र र स्थानिय विकास मन्त्री कमल थापाले पानसमा बत्ती बालेर र पृथ्वी नारायण शाहको फोटोमा माल्यापर्ण गरी गर्नु भएको थियो ।
पार्टी अध्यक्ष तथा उपप्रधान, परराष्ट्र तथा स्थानिय विकास मन्त्री कमल थापाले शुन्य अवस्थाबाट शुरु गरेको पार्टीले संघर्षका अनेकौ चरण पार गर्दै आज यो अवस्थामा जनता र कार्यकर्ताहरुको उत्साहवर्धक साथ र सहभागिताले आइपुगेको बताउनु भयो ।
सो अवसरमा उपप्रधानमन्त्री थापाले राप्रपा नेपाल राष्ट्रिय राजनीतिमा फरक विचार , अलग पहिचान र एजेण्डा बोकेको पार्टी भएको बताउनु भयो । ५० –६० वर्षको इतिहास बोकेका पार्टिको दाँजोमा राप्रपा नेपाल १० वर्षमा नै सहि राष्ट्रवादी सोच र एजेण्डा बोकेर हिडेको हुनाले पार्टि स्थापित भएको धारणा उपप्रधानमन्त्री थापाले राख्नुभयो ।
सो अवसरमा उपप्रधानमन्त्री थापाले राप्रपा नेपाल राष्ट्रिय राजनीतिमा फरक विचार , अलग पहिचान र एजेण्डा बोकेको पार्टी भएको बताउनु भयो । ५० –६० वर्षको इतिहास बोकेका पार्टिको दाँजोमा राप्रपा नेपाल १० वर्षमा नै सहि राष्ट्रवादी सोच र एजेण्डा बोकेर हिडेको हुनाले पार्टि स्थापित भएको धारणा उपप्रधानमन्त्री थापाले राख्नुभयो ।
उहाँले उक्त अवसरमा प्रमुख दलहरुले बाहिरी शक्तिको प्रभावमा यो मुलुकमा धर्मनिरपेक्षता लादेको आरोप लगाउनु भयो । राप्रपा नेपालले संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको आफ्नो मुल एजेण्डा छाडेको भन्ने भ्रम श्रृजना गरेको हुनाले यो संविधानलाई आलोचनात्मक समर्थन मात्र गरेको बताउनु भयो । एजेण्डा सम्बोधन नहुञ्जेलसम्म यहि संविधानलाई मान्ने र संविधानमा भएका व्यवस्थासंग सहकार्य गरेर हिड्ने राप्रपा नेपालको निती रहेको बताउनु भयो ।
उक्त अधिवेशनमा मन्तव्य राख्दै राप्रपा नेपाल मोरङ जिल्ला उपाध्यक्ष भरत प्रसाद पोखरेलले मानो खाएर मुरी फलाउने बेलामा पनि कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको बताउनु भयो । सो अधिवेशनमा राप्रपा नेपालका केन्द्रिय सदस्य बासुदेव भट्टराईले अब आउने दिनमा राप्रपा नेपाल यो देशको पहिलो राजनीतिक शक्ति हुने बताउनु भयो । राप्रपा नेपाल की सभासद शैयेन्द्र वान्तवाले विगतमा जस्तो राप्रपा नेपाल भनेर होच्याउने र गिज्याउने पार्टी नरहेको धारणा राख्नु भयो ।
यसैगरी सो जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष सहित ६१ जिल्ला कार्यसमिति सदस्यको चयन हुने बताइएको छ ।
Post a Comment