Websoft University

www.radiomakalu.com || 021-522512


स्टार वारको कल्पना गर्दैनौं : प्रधानमन्त्री ओली

काठमाडौँ, जेष्ठ ३२ गते ।‘जुत्ता, कपडा फाटेको छ भने लिपिस्टिक पाउडरमात्र लगाएर के गर्ने ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘हामी स्टार वारको कल्पना गर्दैनौं । तर पनि साइन्सलाई छाड्न हुन्न ।’ विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले आयोजना गरेको ‘स्कुल अन आस्ट्रनमी एण्ड स्पेस साइन्स’ विषयक कार्यशालाको सोमबार राजधानी उद्‍घाटन गर्दै प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएका हुन् ।




समितिका सह–कार्यकारी निर्देशक सनतकुमार शर्माले स्वागत भाषणका क्रममा सरकारले ‘अन्तरिक्ष र खगोलविज्ञानलाई प्राथमिकतामा पार्न नसकेको तथा बजेट बढाउन’ आग्रह गरे । ‘सरकारले हामीले चाहेजस्तो बजेट दिएमा दश वर्षभित्र रकेट निर्माण गरेर देखाउँन तत्पर छौं,’ शर्माले भने, ‘तर रकेटको योजनालाई साइकलको बजेट दिइनु विडम्बना हो ।’

सहकार्यकारी निर्देशक शर्माको भनाइलाई लिएर प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति दिएका हुन् । ‘नेपालमा बजेटको पर्याप्तता केहीमा पनि छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘अमेरिकाको हवाई टापु एसियनहरुले आवाद गरेका हुन् । त्यहाँसम्म पुग्न जहाजको प्रयोग गरेर पुगेका हुन् । त्यो खगोलविज्ञानको उपलब्धी थियो ।’ निल आर्मस्ट्रङले चन्द्रमा पाइला टेकेको क्षण सुखद् भएपनि नेपालीका निम्ति अझै टाढाको विषय रहेको उनले जनाए ।

गणितको अध्ययनबाट नौ ग्रह पत्तालगाएको र ग्रह ताराहरुको ज्ञानले सामाजिक विकास गर्न सजिलो भएको ओलीले चर्चा गरे । ‘हाम्रा पुर्खाले सूर्य र चन्द्रलाई नियालेर चन्द्रपात्रो बनाएका हुन्,’ वैज्ञानिक, प्राध्यापक, प्रशासक र विज्ञानका विद्यार्थीमाझ प्रधानमन्त्री ओलीले भने, ‘नयाँ उचाईमा जान विज्ञान र प्रविधिबाट जाने हो । शिक्षा सबैभन्दा महत्वपूर्ण कुरो हो । सरकारले स्पेस साइन्सलाई तत्कालै प्राथमिकतामा पार्न सकेको छैन । तैपनि लगानी बढाउने छौं ।’

प्रधानमन्त्रीले केही समयअघि नेपालले पानी जहाज किनेर चलाउने प्रस्ताव अघि सारेको उल्लेख गरे । ‘हामी नेपाललाई सिंगापुर होइन, नेपालै बनाउने हो,’ सिंगापुरको तुलनामा नेपाल ठूलो रहेको र यसको अस्वयंभावी विकास गर्न बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘फरक यति सिंगापुरले पानीजहाज चलाएको भाडा लेला, हामी भाडा तिर्छौं ।’

त्रिभुवन विश्वविद्यालयलगायतमा खगोल तथा अन्तरिक्ष विज्ञान विषयको पठनपाठन हुँदै आएको छ । सरकारले सन् १९९२ मा उक्त समिति गठन गरेपछि थप आकर्षण बढेपनि बजेट प्राथमिकतामा नपर्दा गहन अनुसन्धान कार्य हुन नसकेको समितिका कार्यकारी निर्देशक प्राध्यापक शोभाकान्त लामिछानेले बताए । उनले विज्ञान प्रविधिको प्रवद्धन, खगोल र अन्तरिक्ष विषय पढ्दै गरेका नवयुवालाई विश्वमा भएका नविनतम उपलब्धीलाई कार्यशालामार्फत् जानकारी दिने र जर्नल प्रकाशन गर्दै आएको जनाए । ‘युवा वैज्ञानिकलाई प्रवद्धन र पूँजी निर्माणमा ध्यान दिन सकेको छैन,’ उनले भने, ‘नेपाली वैज्ञानिकको मनोबल उठाउन हावापानी सुहाउँदो विज्ञान र प्रविधिमा लगानी बढाउन जरुरी छ ।’ समितिले नगरकोटममा चन्द्रमा र ताराहरुको अध्ययनका निम्ति खगोल वेधशाला निर्माण गरेको छ ।

खगोलविद् प्राध्यापक उदयराज खनालले खगोलविज्ञान विज्ञानको सबैभन्दा पुरानो विज्ञान भएको उल्लेख गर्दै यसको उपयोग गरेमात्र विकास सम्भव हुने बताए । मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले विज्ञान र प्रविधि प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । तीनदिने कायशालामा विभिन्न प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तहका सयजना विद्यार्थी तथा वैज्ञानिकहरुको सहभागिता रहेको छ ।

kantipur

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget