Websoft University

www.radiomakalu.com || 021-522512


नेपालसँग असमझदारी हट्यो : स्वराज

काठमाडौँ, असार ६  गते । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल–भारत सम्बन्धमा केही असमझदारी र कमी देखिए पनि त्यो हटेको बताएकी छन् । भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा आइतबार स्वराजले दुई देशबीच भएको द्विपक्षीय भ्रमणले असमझदारी हटेको बताएकी हुन् ।




भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले दुई वर्षमा कूटनीतिक क्षेत्रमा गरेको प्रगतिबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा स्वराजले दुई देशबीच सांस्कृतिक, भौगोलिक तथा ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरिन् ।

नेपालले संविधान जारी गरेलगत्तै भारतले नाकाबन्दी लगाएपछि दुई देशबीच सम्बन्ध चिसिएको थियो । पत्रकारहरूले विशेषगरी मोदी सरकारको नेपाल, बंगलादेशलगायत मुलुकसँग विश्वासको संकट बढेकोमा जिज्ञासा राखेपछि विदेशमन्त्री स्वराजले नेपालसँगको असमझदारी हटेको दाबी गरेकी हुन् ।

नाकाबन्दी हटेपछि गत फागुनमा प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेका थिए भने त्यही महिना सार्क मन्त्रिपरिषद् बैठकमा पोखरामा भाग लिने क्रममा भारतीय विदेशमन्त्री स्वराजले नेपाली नेताहरूसँग भेटवार्ता गरेकी थिइन् । गतसाता मात्रै सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन आउँदा परराष्ट्रमन्त्री कमल थापाले स्वराजसँग भेटघाट गरेका थिए ।

यसबीच भारत न्युक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी) को सदस्य बनेमा छिमेकी मुलुकमा प्रभुत्व अझ बढ्ने र सार्कलगायत क्षेत्रीय एजेन्डा ओझेलमा पर्ने आशंकाबीच उसले त्यसो नहुने दाबी गरेको छ । एनएसजीको सदस्य प्राप्तिका लागि केही महिनायता भारतले अमेरिका, चीन, फ्रान्सलगायत शक्तिराष्ट्रहरूलाई मनाउन खोजिरहेको छ ।

विदेशमन्त्री स्वराजले एनएसजी सदस्यता लिन खोज्नुलाई भारतले सार्कलाई कम महत्त्व दिन खोजेको रूपमा बुझ्न नहुने बताइन् । ‘भारत र सार्कका अरू मुलुकहरूबीचको सम्बन्ध एकदमै राम्रो दिशामा गइरहेको छ,’ स्वराजले भनिन्, ‘विगत दुई वर्षमा भारत छिमेकीहरूको संरक्षकका रूपमा अगाडि आएको छ र संकटको समयमा सहयोग गरिरहेको छ ।’

कान्तिपुर 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget