Websoft University

www.radiomakalu.com || 021-522512


भूकम्प पीडितलाई छिटो पैसा बाँड्न गाविस सचिवलाई निर्देशन


काठमाडौं , असार ७ गते । स्थानीय विकास मन्त्रालयले भूकम्प पीडितहरुलाई अनुदान रकम छिटो वितरण गर्न गाविस सचिवहरुलाई निर्देशन दिएको छ । यसअघि निकासा भएको बजेट अपुग भए केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत माग्न पनि निर्देशन दिएको छ ।
सरकारले एक बर्षअघि नै भूकम्पबाट प्रभावित प्रतिपरिवार कम्तिमा २ लाख अनुदान दिने घोषणा गरेको थियो । तर, अधिकांश भूकम्प प्रभावित परिवारले अनुदान रकम पाउन सकिरहेका छैनन् ।
यसै सन्दर्भमा स्थानीय विकास मन्त्रालयले अहिले प्राप्त बजेटबाट भूम्प प्रभावित परिवारहरुलाई पहिलो किस्ताका लागि दिन पुग्ने अनुदान रकम तत्काल वितरण गर्न गाविस सचिवहरुलाई निर्देशन दिएको छ । अख्तियारी बजेटले भ्याएसम्मका भूकम्प प्रभावितलाई बैंकसँग समन्वय गरी पहिलो किस्ता उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको हो ।
भूकम्पले घर भत्काएर नागरिक खुल्ला आकाशमुनी पुगेको १३ महिना वित्दासमेत सरकारले त्यस्ता परिवारलाई राहत पुग्ने गरी अझै काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
मन्त्रालयले अहिलेसम्म भइसकेका अनुदान सम्झौताका प्रतिहरु संकलन गरी अहिले प्राप्त बजेटले कति घरधुरीलाई पहिलो किस्ता अनुदान दिन पुग्ने हो त्यसको जानकारी गराउन पनि भनेको छ ।
यस्तै मन्त्रालयले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा केन्द्र राख्ने गरी स्रोत केन्द्रका लागि उपयुक्त जग्गा पहिचान गरी त्यसको जानकारी गराउन समेत निर्देशन दिएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget