Websoft University

www.radiomakalu.com || 021-522512


अविरल बर्षापछि इटहरी डुवानमा, दुईको मृत्यु



सुनसरी । अविरल बर्षापछि स्थानीय टेंग्रा खोलामा आएको बाढीले बगाएर सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको छ । बाढीले इटहरीका ६ सयभन्दा बढी घर डुवानमा परेका छन् ।


गएरातिदेखि परेको भीषण बर्षापछि आएको बाढीले बगाएर इटहरी ४ का ६६ बर्षीय रामबहादुर बराइलीको मृत्यु भएको हो भने इटहरी २२ लविपुरका ५० बर्षीय भानुभक्त तिम्सिनाको करेण्ट लागेर मृत्यु भएको हो । घरको छतमा जमेको पानी फाल्दा हाइटेन्सन लाइनमा परेपछि करेण्ट लागेर उनको मृत्यु भएको हो ।

गएरातिदेखि सुनसरी लगायत मुलुकका पूर्वी क्षेत्रमा भारी बर्षा भइरहेको छ । इटहरीको साथी पेट्रोलपम्पमा नजिकैको बाँध भत्काएर खोला बस्तीमा पसेको हो । पानी नगरक्षेत्रमा प्रबेश गरेपछि इटहरीका अधिकांश क्षेत्रमा डुवानको समस्या देखिएको छ । इटहरीबाट बिराटनगर जाने सडकखण्ड जलमग्न छ । बस्तीमा बाढी पसेपछि टेंग्रा खोलाको बाढी नियन्त्रणका लागि बाँध बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।



यसैगरी अविरल बर्षापछि कैलालीको धनगढी पनि डुवानमा परेको छ । कैलाली सदरमुकाम धनगढी बजारमा रहेका सरकारी कार्यालय जलमग्न हुँदा सेवाग्राहीपनि मर्कामा परेका छन् । मनसुन सुरु भएसँगै मुलुकका अधिकांश क्षेत्रमा बर्षा भइरहेको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget