Websoft University

www.radiomakalu.com || 021-522512


विपद् तथा जलवायुजन्य जोखिम व्यवस्थापन गोष्ठी



कुमोद अधिकारी ,
विराटनगर , असार १२ गते  । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले जलवायु जोखिम न्युनिकरण गर्न जोखिम व्यवस्थापन र विकास निमार्ण प्रक्रियालाइ संगसंगै अगाडी वढाउनुपर्ने बताउनु भएको छ ।
 विराटनगरमा आजदेखी शुरु भएको विपद् तथा जलवायुजन्य जोखिम व्यवस्थापन मुलप्रभावीकरण सम्वन्धी योजना तर्जमा क्षेत्रिय गोष्ठीको उद्घाटन गर्नुृहुदै उहाले स्थानिय समुदायको सहभागितमा  विपद व्यवस्थापनका योजना वनाएर अघि वढनुपर्ने बताउनुभयो ।
 उहाले प्रकृतिक रुपमा आउने विपतीकै कारण विकास निमार्ण कार्य रोक्न नमिल्ने भएकाले विपदसग सामनागर्न सक्ने विकास निमार्णका योजनाहरुलाइ अव अगाडी वढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सह–सचिव तुलसी गौतमले जलवायु जोखिम व्यवस्थापनका लागी सवै पंक्ष मिलेर अघि वढनुपर्ने बताउनुभयो ।
मोरंङका प्रमुख जिल्ला अधिकारी तोयम रायको सभापतित्वमा भएको कार्यक्रममा पुर्वाञ्चलका क्षेत्रिय प्रसासक रामकुमार आर्चाय, युनएन डिपिको सहायक निर्देशक विजयप्रसाद सिंह, आयोजना अधिकृत दिपक केसीले विपद् व्यवस्थापनका लागी स्थानिय स्तरवाटै योजना तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।
 राष्ट्रिय योजना आयोग सचिवालय तथा युएनडिपीको आयोजनामा दुइ दिनसम्म चल्ने सो कार्यक्रममा पुर्वाञ्चल १६ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी , जिल्ला विकास  समिति तथा नगरपालिका विपद् व्यवस्थापनका कामगर्ने कर्मचारी तथा सरकारी कार्यालयका प्रमुखहरुकाो सहभागिता रहेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget