Websoft University

www.radiomakalu.com || 021-522512


फेवा विकास बैङ्कको तालचोकमा शाखा शुभारम्भ


पोखरा , असार ८ गते  । फेवा विकास बैङ्कले कास्कीको लेखनाथस्थित तालचोकमा  शाखा शुभारम्भ गरेको छ । उक्त शाखाबाट निक्षेप सङ्कलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एविविएस, एटटिएम, एसएमएस बैङ्किङ, लकर, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ सेवा सञ्चालन गरिएको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए । निकट भविष्यमा म्याग्दीको बेनी शाखाबाट पनि  कारोबार सञ्चालन गरिने उनले बताए ।
‘देशको विषम परिस्थितिका बाबजुद पनि यस प्रकारको वृद्धिलाई बैङ्कले सकारात्मक रुपमा लिएको छ’ थापाले भने । गत वर्ष असार २८ गतेदेखि  विश्व विकास बैङ्क र फेवा फाइनान्स एक आपसमा मर्जर भइ राष्ट्रियस्तरको फेवा विकास बैङ्कको रुपमा कारोवार हुँदै आइरहेको छ ।
बैङ्कले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २८ ओटा शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । केही शाखाहरुबाट ३६५ दिने बैङ्किङ सेवा तथा सन्ध्याकालीन सेवा पनि प्रदान गर्दै आइरहेको बैङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘न्यून आयभएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समूहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएका छौं,’ थापाले भने ।
बैङ्कले आ.व. २०७२/७३ को तेस्रो त्रैमासमा निक्षेप १० अर्ब ६३ करोड रुपैयाँ पुर्‍याएको छ भने बैङ्कको कर्जा लगानी ९ अर्ब ३३ करोड पुर्‍याएको छ । त्यस्तैगरी, बैङ्कले  सञ्चालन मुनाफा २६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको  छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget