Websoft University

www.radiomakalu.com || 021-522512


११.३४ अङ्कले बढ्यो नेप्से परिसूचक (१२ः३० बजेको अपडेट)


 काठमाडौं  , असार २ गते  । विहीबार नेप्से परिसूचक ११ दशमलव ३४ अङ्कले बढेको छ । १ हजार ६ सय २० विन्दुबाट खुलेको बजार आधा घण्टाको व्यापारमा शून्य दशमलव ७० प्रतिशतले बढेर १ हजार ६ सय ३१ दशमलव ८१ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा ७३ कम्पनीको ८ सय ४७ व्यापारबाट २ लाख ९२ हजार ७ सय ९३ कित्ता शेयर किनबेच भएको छ । जसबाट रू. २५ करोड २२ लाख बराबरको रकम कारोबार भएको छ ।
कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र नेप्स परिसूचक उकालो लागेको हो । बीमा समूहको परिसूचक २ दशमलव ४३ प्रतिशत, होटलको १ दशमलव ३९ प्रतिशत र वित्त कम्पनीको १ दशमलव २ प्रतिशतले बढेको छ । त्यसैगरी, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ७३ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३४ प्रतिशत र बैङ्किङको शून्य दशमलव २२ प्रतिशतले बढेको हो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget