Websoft University

www.radiomakalu.com || 021-522512


सबै शक्तिबीच एकता आवश्यक : दाहाल


काठमाडौँ, जेष्ठ २३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार परिवर्तनको खेलभन्दा पनि अहिले देशका लागि सबै शक्ति एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।


रामेछापको मन्थलीमा माओवादी केन्द्रले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै दाहालले राष्ट्रिय एकता बिना संविधानको कार्यान्वयन र कानुन निर्माण लगाएतका काम गर्न कठिनाइ हुने बताए । उनले अबको २० महिनामा संविधानको कार्यान्वयन गर्दै नयाँ निर्वाचन गराउन सकिएन भने देश गम्भिर अन्धकार तर्फ जाने बताए । एकता र सहमतिले मात्र नयाँ संविधान बमोजिम धेरै काम गर्न सकिनेमा उनले जोड दिए ।

सम्बोधनको क्रममा उनले भर्खरै विभिन्न १० वटा कम्प्युनिष्ट घटक एक भएर माओवादी केन्द्र बनेको उल्लेख गर्दै एकता प्रकृया नटुंगिएको बताए । देशका सबै कम्प्युनिष्ट मात्र हैन वर्तमान चुनौतिको सामना गरी मुलुकलाई अग्रदिशामा लैजान सबै शक्तिको एकता आवश्यकता रहेको उनले बताए । अध्यक्ष दाहालले सरकार पतिवर्तन या आफ्नो नेतृत्वमा सरकार बन्ने कुरा सम्बोधनको क्रममा चुहाएनन् । बजेटको बारेमा माओवादीका विभिन्न नेताहरुबाट आलोचना भइरहेका बेला उनले त्यसबारेमा पनि केहि बोलेनन् । बरु बजेट पारित हुने बेला भएको बताए ।

कार्यक्रममा दाहालले रामेछाप लगाएतका जिल्लाका धेरै भूकम्प पिडितहरुको नाम अनुदान पाउनेको सूचिमा छुटेको पाइएकाले त्यसको कुरा सम्बन्धित निकायमा राख्ने बताए । उत्तर–दक्षिण सडक निर्माणमा र जलविद्युत योजनामा रामेछापका नागरिकलाई पनि सहभागि गराउनका लागि आफुले प्रयत्न गर्ने दाहालले बताए ।

दोलखाबाट महोत्तरीको बर्दिबास जाने क्रममा जिल्ला विकास समितिमा भएको संक्षिप्त कार्यक्रमपछि उनले माओवादी केन्द्रका कार्यकर्तालाइ बेग्लै सम्वोधन समेत गरेका थिए ।


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget