Websoft University

www.radiomakalu.com || 021-522512


सिरियामा विद्रोही नियन्त्रित शहरमा पुग्यो सहायता सामाग्री

सिरिया, जेष्ठ ३१ गते । सिरियाको विद्रोही नियन्त्रित दुई शहरमा अन्तर्राष्ट्रिय सहायता सामग्री पहिलो पटक पुगेको छ ।


दमास्कसनजिकको डाराया र डोमामा सहायता सामग्री बोकेका गाडी शुक्रबार पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । डारायामा सन् २०१२ पछि पहिलो पटम अन्तर्राष्ट्रिय सहायता सामग्री बोकेका गाडी पुगेको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघ र सिरियन अरब रेड क्रिष्टियनका ट्रकमा डायाराका २४ सय बासिन्दालाई महिना दिनलाई पुग्ने खाद्यान्नसहितका सामग्री रहेको राष्ट्रसंघको मानवीय सम्बन्ध समन्वय कार्यालयले जनाएको छ ।
डायारामा ८ हजार भन्दा धेरै मानिस रहेका छन् । यस्तै डोमामा पनि सहायता सामग्री बोकेका गाडी पुगेको छ ।

खाद्यान्नसहितका सामग्रीको अभावमा दुवै शहरका बासिन्दा मानवीय संकटमा छन् । दमास्कसबाट १२ किलोमिटर पर रहेको डारायामा कुपोषणको समस्या विकराल बनेको छ ।

संयुक्त राष्ट्रसंघका विशेष दूत स्टेफान डी मिस्टुराले बसर अल असदको सरकारले जुन महिनाभरमा सरकारी सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा १५ देखि १७ वटा सहायता सामग्री बोकेका गाडी प्रवेश गर्न दिएको बताए ।

सरकारी तथा विद्रोही सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा ४६ लाखभन्दा धेरै मानिस फसिरहेको विशेष दूत मिस्टुराले बताउनुभएको समाचार संस्थाहरुले उल्लेख गरेका छन् । (एजेन्सी)


imagekhabar.
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget