Websoft University

www.radiomakalu.com || 021-522512





बैतडी, असार ६ गते । चट्याङले ट्रान्सफर्मरमा क्षति पु¥याउँदा बैतडीको पाटन नगरपालिका र देहीमाडौँमा विद्युत् सेवा अवरुद्ध हुँदा समस्या भएको छ ।

पाटन नगरपालिकाको वडा नं ५ र ६ मा गएको एक महिनादेखि विद्युत् सेवा अवरुद्ध हुँदा गुजर माविमा सञ्चालनमा रहेको कम्प्युटर शिक्षा प्रभावित भएको छ ।

विद्युत् सेवा अवरुद्ध भएपछि विद्यालयको कम्प्युटर शिक्षा अवरुद्ध भएको प्रधानाध्यापक गोपाल दत्त भट्टले बताए । उनले भने “विद्युत्को अभावमा कम्प्युटर शिक्षा सञ्चालन गर्न नसक्दा पढाइ अवरुद्ध भएको छ ।”

यस्तै स्वास्थ्यचौकीमा फ्रिजमा राख्नुपर्ने खोप पनि राख्न नसकिएको स्वास्थ्यचौकीले जनाएको छ । यस्तै देहीमाडौँ गाविस वडा नं १, २ र ३ मा विद्युत् अवरुद्ध भएको दुई हप्ता बितिसक्दा समेत विद्युत् सेवा सुचारु नभएको स्थानीय बासिन्दाले बताएका छन् ।

विद्युत सेवा बन्द हुँदा गाउँमा सञ्चालनमा रहेका पिसानी मिल बन्द भएका छन् भने मोबाइल समेत चार्ज गर्न समस्या भएको स्थानीय खडक बोहराले बताए ।
विद्युत् प्राधिकरणका माधवप्रसाद लेखकका अनुसार जिल्लाका धेरै ठाउँमा चट्याङले विद्युत् ट्रान्सफर्मरमा समस्या आएको र बिग्रेका ट्रान्सफर्मर बनाउनका लागि प्राविधिकलाई बोलाउने तयारी भइरहेको छ ।

जिल्लाका पाँचभन्दा बढी ठाउँमा विद्युत्को ट्रान्सफर्मरमा समस्या आएको लेखकले बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget