Websoft University

www.radiomakalu.com || 021-522512


२८ वर्षपछि हात्ती काज फिर्ता

कोसीटप्पु,असार ४ गते । कोसीटप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा काज सरुवा भएका दमदमकली र सरस्वतीकली २८ वर्षपछि पुरानै घर फिर्ता आएका छन् । आरक्षले भदौमा हात्ती फर्काउन वन्यजन्तु विभागलाई पत्र पठाएको थियो ।



चितवनबाट दुइटा ट्रकमा हालेर २४ घण्टाको लामो यात्रापछि दुवै हात्ती कोसी पुगेका हुन् । आरक्षमा शोभाकली, अम्बिकाकली र लक्ष्मीकलीसँगै अब चितवनबाट थपिएका सहित ५ हात्तीको बास हुने भएको छ ।

अरू तीनवटा हात्ती काज फिर्ता हुन बाँकी छन् । चितवनमा हात्ती चढेर जंगल सफारी गर्ने पर्यटक बढेपछि २०४५ मा ती हात्ती चितवन लगिएको आरक्ष प्रशासनले जनाएको छ ।

आरक्षको क्षेत्र विस्तार र सुरक्षाका लागि ती हात्ती पनि पूर्वाधार तयार गरेर फर्काइने संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।

हात्तीमा चढेर आरक्ष घुम्दा विदेशी पर्यटकका लागि दुई हजार र स्वदेशीलाई ५ सय रुपैयाँ राजस्व लिइँदै आएको छ । पछिल्लो समय आन्तरिक पर्यटक हात्ती सयर गर्न रुचाउन थालेको आरक्षले जनायो ।

काजमा चितवन रहेका हात्तीका लागि दाना र माउतेको तलबभत्ता कोसीटप्पु आरक्षले नै हेर्दै आएको छ ।

एउटा हात्तीलाई दैनिक १५ किलो धान, पराल, नुन र सख्खर दिने गरिन्छ । वर्षमा एउटा हात्तीका लागि तीन लाख बराबरको दाना दिने गरिएको हो । आरक्षका लेखापाल टंकबहादुर खड्काका अनुसार हात्तीलाई दैनिक दिने दानाले मात्र पुग्दैन, त्यसैले चराउन पनि लैजानुपर्छ ।

हात्तीलाई हेरचाह र परिचालन गर्ने माउतेले स्तरअनुसारको तलब पाउँछन् । उनीहरूले १२ हजार ९ सयदेखि १७ हजार ७ सयसम्म पाउँछन् । देशमा पाँचवटा हात्तीसार शाखा छन् । चितवनमा हात्ती प्रजनन केन्द्रसमेत छ ।

जसमा जन्मिएका हात्तीका बच्चालाई तालिम दिएर विभिन्न आरक्ष र निकुञ्जहरूमा पठाइने गरिएको छ । आरक्षमा आउने जंगली हात्तीले भने पालुवा हात्तीलाई बेला–बेलामा दु:ख दिने गरेका छन् ।

भारतको असमबाट आउने भाले हात्तीले आरक्षका पोथीसँग सहवास गर्न खोज्ने र आक्रमण गर्ने भएकाले आरक्षका हात्तीलाई जोगाउन निकै समस्या पर्ने गरेको माउते जगरनाथ चौधरीले बताए ।

‘पालुवा हात्तीलाई भालेले जंगलतिरै लान खोज्ने भएकाले सकभर उनीहरूसँग भेट हुन नै दिँदैनौं,’ उनले भने । सधाएको हात्ती जंगलीसँग भेट भएपछि माउतेले अह्राएको नमान्ने खतरा हुने भएकाले भेट हुन नदिने गरिएको उनले जनाए ।



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget