Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस नेतृ कँडेलको ट्रकको ठक्करबाट मृत्यु



चितवन , असार १० गते । भरतपुर उपमहानगरपालिका वडा नम्बर ९ शिवालय चोकमा शुक्रबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।


जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर उपमहानगरपालिका वडा नम्बर ८ गौरीगञ्ज निवासी ४५ वर्षीया सीता कँडेलको ट्रकको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको हो । कँडेल नेपाल महिला सङ्घको भरतपुर उपमहानगरपालिका वडा नम्बर ८ की नवनिर्वाचित सभापति हुन् ।

मोटरसाइकल चालक कँडेलका श्रीमान् ५३ वर्षीय तुलसीराम गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भरतपुरको हाकिमचोकबाट आनन्दचोकतर्फ जाँदै गरेको ना ३ ख ५४७४ नंको ट्रकले विपरीत दिशातर्फबाट आउँदै गरेको ना २३ प ७८७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।- रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget