Websoft University

www.radiomakalu.com || 021-522512


सत्ता पक्षले अान्दोलनरत दलहरूको माग सम्बोधन गर्नुपर्छ: पौडेल

इनरुवा, असार ७ गते।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनकारत दल सबैले मुलुकको निकासका लागि मिलन बिन्दु खोज्नुपर्ने समय आएको बताएका छन्।


नेपाल प्रेस युनियन सुनसरी शाखाले सोमबार बिहान सुनसरी सदरमुकाम इनरुवामा गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले अहिले मुलुकको निकाससँगै विकासका लागि संविधान कार्यान्वयन गर्नुपर्ने बेला आएकाले सत्ता पक्षले आन्दोलनकारीको माग सम्बोधन गरी निकासको मिलन बिन्दु खोज्नुपर्ने बताएका हुन्।
पौडेलले जहिले पनि द्वन्द्व र आन्दोलनले निकास दिन नसक्ने भएकाले वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सरकार र आन्दोलनकारी दुवै पक्षलाई आग्रह गरे।
उनले अहिले जारी भएको नयाँ संविधानअनुसार गाउँपालिका, नगरपालिका र स्थानीय तथा प्रादेशिक चुनाव र प्रतिनिधि सभाको चुनाव आगामी २०७४ को माघ ७ गतेभित्र गरी सक्नुपर्ने भएकाले त्यसका लागि सरकारले साझा सहमति खोज्नुपर्ने बेला आएको बताए।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget