Websoft University

www.radiomakalu.com || 021-522512


दुई दर्जन नक्कली डाक्टर पक्राउ

बिराटनगर, असार ४ गते। नक्कली चिकित्सकविरुद्ध अपरेसन चलाएको प्रहरीले तराईका जिल्लाबाट एकै दिन दुई दर्जनभन्दा धेरै चिकित्सक पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले तराईका पर्सा, मोरङ, चितवन, झापालगायतका जिल्लामा अपरेशन चलाएर दुई दर्जनबढी नक्कली चिकित्सक पक्राउ गरेको हो । बिराटनगर बाट चिकित्सक जावेद अख्तर, संजय कुमार दास , कमर  अब्दुल आलम लाइ पक्राउ गरिएको छ।  




भारतबाट ल्याएको प्रमाणपत्रका आधारमा एमवीवीएस अध्ययन गरेको अनुसन्धानबाट खुलेको हाे । प्रहरीले प्रारम्भिक अनुसन्धान सकिएपछि मात्र पक्राउ गरेका चिकित्सकबारे विवरण सार्वजनिक गरिने वनाएको छ । पक्राउ परेकाले भारतीय कलेजबाट आइएस्सी उत्तीर्ण शैक्षिक प्रमाणपत्रका आधारमा एमवीवीएस पढेका थिए ।

तर, उनीहरुको सर्टिफिकेट नम्कली भएको पुष्टि भएपछि सिआइबीले एकैपटक पक्राउ गरेको हो । सिआइबीले भारतबाट अध्धयन गरेका डाक्टरहरुको शैक्षीक प्रमाणपत्र भारतका विभिन्न कलेजमा गई त्यसको आधिकारिकता परीक्षण गरेको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget