Websoft University

www.radiomakalu.com || 021-522512


एनआरएनको सुझाव- वैदेशिक रोजगारीका लागि बेग्लै सञ्चय कोष बनाऔं




काठमाडौं , असार ९ गते । गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको आम्दानीलाई उच्च प्रतिफल दिनेगरी बेग्लै सञ्चय कोष स्थापना गर्न सुझाव दिएको छ ।

वैदेशिक रोजगारीबाट आर्जित रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा खर्च नभई दैनिक उपभोगमा सीमित रहेको भन्दै संघले सञ्चय कोष स्थापना गरी उनीहरुको सानो-सानो बचतलाई एकीकृतरुपमा उत्पादनमूलक क्षेत्रमा लगाउन सुझाव दिएको हो ।

कर्मचारी सञ्चय कोष र गैरआवासीय नेपाली संघबीच बुधबार ललितपुरमा भएको छलफलमा संघका अध्यक्ष शेष घलेले बैग्लै कोष स्थापना प्रभावकारी हुने बताए ।

‘कर्मचारी सञ्चय कोषले लामो समयदेखि आफ्नो विश्वसनीयतालाई सावित गर्दै आएको छ, कोषले नै वैदेशिक रोजगारीका लागि बेग्लै कोष संचालन गर्न सके ठूलो लगानी भित्रिने सम्भावना छ,’ अध्यक्ष घलेले भने, ‘तर, साविकका कर्मचारी बचतकर्ताकै कोषमा मिसाउनु राम्रो हुँदैन, किनकी दुईथरी बचतकर्ताको रुची र उद्देश्य फरक-फरक हुन्छ ।’

वैदेशिक रोजगारीमा आर्जित रेमिट्यान्स बचत गर्ने कार्यक्रम ल्याउने रुची देखाएकामा कोषलाई धन्यबाद दिँदै अध्यक्ष घलेले त्यसको प्रभावकारी कार्यन्वयनका लागि एनआरएनएले हातेमालो गर्ने बताए । त्यसका लागि एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरुलाई परिचालन गर्न आफ्नो संस्था तयार रहेको उनले बताए ।

यसका लागि अब बन्ने ऐन तथा नियमावलीमा स्पष्ट प्रावधानको ब्यवस्था हुनुपर्ने अध्यक्ष घलेको सुझाव थियो ।

सो अबसरमा कोषका मुख्य प्रशासक कृष्ण आचार्यले कोषको हालको अबस्था र सामथ्र्यबारे जानकारी दिँदै वैदेशिक रोजगारीमा आर्जित रेमिट्यान्सलाई प्रतिफलयुक्त लगानीमा रुपान्तर गर्न कोष अग्रसर रहेको बताए ।

हाल साढे ५ लाख कर्मचारी बचतकर्ताको २ सय २५ अर्ब रुपैयाँ कोषमा रहेको जानकारी दिँदै उनले त्यसको ६० प्रतिशत रकम बचतकर्तालाई ऋण तथा सापटी दिएको जानकारी दिए । बचत रकमबाट कोषले चार वटा जलविद्युत परियोजनामा लगानी गरेको छ । बचतकर्ताहरुलाई घर बनाउनका लागि ऋण सुविधा, बाल शिक्षा, घर मर्मत ऋण, र परिवारलाई कुनै व्यवसाय गर्नको लागि धितो राखेर ऋण दिने सुविधा रहेको पनि दिइरहेको जानकारी दिए ।

लाखौं नेपालीहरु बैदेशिक रोजगारीमा रहेको र त्यहाँ आर्जित रकम हाल उत्पादनमूलक क्षेत्रमा लगाउन सकिने प्रवल सम्भावना रहेको भन्दै आचार्यले कोषले त्यसको तयारी गरिरहेको जानकारी दिए । संघसँग सहकार्य गरेर कोष निर्माण र त्यसलाई उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्ने कोषको चाहना रहेको भन्दै उनले त्यसका लागि तत्कालै दुबै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर गरेर अगाडि बढ्नुपर्ने बताए ।

कोषका अन्य उच्च अधिकारीसमेत सम्मिलित सो छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको बचत संकलन र लगानीका प्रकृया तथा कार्यबिधिबारे बिस्तृतमा छलफल भएको थियो । संघ र कोषबीच हुन लागेको समझदारी र त्यसमा समावेश गरिने बुँदाका बिषयमा समेत बिस्तृत छलफल भएको थियो ।

छलफलमा संघका तर्फबाट अध्यक्ष घले, अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा, युवा उपसंयोजक लोकराज शर्मा, सल्लाहकारहरु गणेश गुरुङ र नवराज गुरुङ, एनसीसी बहराईन पूर्व अध्यक्ष श्याम तामाङ, एनसीसी मलेशियाका महासचिव सुन्दर आले र सचिव सुभद्रा लिङदेन र सचिवालयका कार्यकारी निर्देशकको सहभागीता थियो ।

अन्त्यमा, प्रस्तावित सम्झौतापत्रका प्राविधिक तथा कानूनी पक्षहरुको विशलेषण गरी छिट्टै सम्झौतापत्रमा हस्ताक्षर गर्ने सहमति भएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकी प्रवक्ता रञ्जु थापाले जानकारी दिइन् ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget