Websoft University

www.radiomakalu.com || 021-522512


म्याद गुज्रेका औषधि बेचेको भनेर धम्क्याउँदै रकम असुल्ने पक्राउ



झापा– म्याद गुज्रिएको औषधि बिक्री गरेको भन्दै मेडिकल सञ्चालकलाई धम्क्याउँदै रकम असुलेको आरोपमा झापाको भद्रपुरबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–७ निवासी ५० वर्षीय उपेन्द्र ठाकुर र उनका भाइ ४१ वर्षीय धर्मकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार भद्रपुर नगरपालिका–८ निवासी टीका सापकोटाले सञ्चालन गरेको सृजना मेडिकल हलबाट जेठ २६ गते औषधि किनेको र उक्त औषधि म्याद गुज्रिएको भन्दै ठाकुरद्वयले टीका सापकोटा र उनकी श्रीमतीबाट पटक–पटक गरी ७० हजार रुपैयाँ लिएका थिए ।

औषधि भद्रपुर नगरपालिका–६ निवासी जीवन साहले खरिद गरे पनि उनीहरुले उक्त औषधिको खरिदको विषयमा सापकोटालाई दबाबमा पारेर रकम असुलेको प्रहरीले जनाएको छ ।

प्रहरी र पत्रकारलाई मिलाउनुपर्छ भन्दै उनीहरुले सापकोटाबाट सुरुमा ५० हजार लिएको र पछि उनकी श्रीमतीबाट पुन २० हजार रुपैयाँ लिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । पक्राउ परेका ठाकुरद्वयलाई बिहीबार सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।- रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget