काठमाडौं , जेष्ठ २९ गते । मेलम्चीको पानी उपत्यकामा आएपछि ग्राहकलाई वितरणका लागि ३ सय ५० किमी पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । पानी वितरणका लागि ६ सय ५० किमी पाइप बिच्छ्याउनु पर्नेमा आधाभन्दा बढी काम सम्पन्न भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले बताएको छ ।
थोक वितरण प्रणालीका लागि ६१ किमी पाइप बिच्छ्याइनु पर्नेमा हालसम्म २२ किमी काम सम्पन्न गरेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बताए । ‘थोक वितरण प्रणालीको सुन्दरीजल–आरुबारी–महाँकालचौरसम्म कालिका कन्स्ट्रक्शन र महाँकालचौर–चुच्चेपाटीदेखि तलको भागमा भारतको जिन्डल कम्पनीले पाइप बिच्छ्याउने काम गरिरहेका छन्, सुन्दरीजल–आरुबारी–महाँकालचौरको ९.५ किमी पाइपमा हप्ता दिनभित्र ट्रकबाट पानी हालेर परीक्षण गरिनेछ’–उनले भने ।
चुच्चेपाटीमा ढिला हुँदा सडकमा समस्या
चुच्चेपाटीमा ढिला हुँदा सडकमा समस्या
महाङ्कालचौर–चुच्चेपाटी–चाबहिल खण्डमा आइपुगेपछि पाइप ल्याउन ढिला भएकाले एक महीनाभन्दा बढी समय काम रोकिँदा सडक अवरोध भएको स्थानीयवासीको गुनासो छ ।
स्थानीय सन्तोष घिमिरे ५ सय मिटर पाइप बिच्छ्याउन महीनौँ लगाइदिँदा घाम लाग्दा सडक धुलाम्ये र पानी पर्दा हिलाम्ये भएर हिँडडुल एवम् सटरमा व्यापार व्यवसायमा पनि समस्या आएको बताउँछन् ।
आयोजना प्रमुख खत्रीले १.४० मिटर चौडाइको डक्टाइल पाइप चीनबाट ल्याउन ढिला भएकाले समय बढी लागे पनि हाल काम सम्पन्न भएर सडक बनाउन शुरु भएको बताउँछन् ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । पानी विसं २०७३ असोजभित्र सुन्दरीजलमा ल्याउने सम्झौता इटालियन सुरुङ निर्माण कम्पनी सीएमसीसँग गरिए पनि गत वर्ष वैशाखको भूकम्प र असोजपछिको नाकाबन्दीले एक वर्ष ढिला हुने भएको छ ।मेलम्ची खोलाको पानी ल्याइसकेपछि याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७/१७ करोड लिटरका दरले थप ३४ करोड पानी ल्याउने सरकारको योजना छ । रासस
Post a Comment