Websoft University

www.radiomakalu.com || 021-522512


नेविसंघको विवाद समाधान गर्न कार्यदल बन्यो


काठमाडौँ , असार ५ गते  ।  नेपाल विद्यार्थी सङ्घले विवादित समस्या समाधानका लागि सात सदस्यीय कार्यसमिति गठन गरेको छ ।

नेविसंघले ११ औँ महाधिवेशनमा देखिने विवाद समाधानका लागि लीलाबल्लभ दाहालको नेतृत्वमा कार्यसमिति बनाएको हो । 

आइतबार नेविसंघ अध्यक्ष रञ्जित कर्णले विज्ञप्ति जारी गर्दै समिति गठन गरेको उल्लेख गरेका छन् । दाहालको नेतृत्वको समितिको सदस्यमा  सुरेन्द्र राई, अशोक बस्ताकोटी, विष्णु जोशी, प्रकाश महर्जन, जित शेरचन र सन्तोष कट्टेल रहेका छन् । 

कार्यदलले विवादित विषयवस्तुलाई सहमतिका आधारमा समाधान गरी एक महिनाभित्र केन्द्रीय समितिलाई प्रतिवेदन पेस गर्न आग्रह गरेको छ । 

सङ्घीय संरचनामा मुलुक गएको र सङ्घीयताले रुकुम र नवलपरासीलाई दुई प्रदेशमा विभाजन गरेकाले सङ्घीयताका आधारमा निर्वाचन गर्दा सीमाङ्कनका आधारमा महाधिवेशन प्रतिनिधिको नामावली तयार गरी केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न दुई जिल्लामा दुई÷दुई जनालाई खटाइएको समेत विज्ञप्तिमा उल्लेख छ ।

नवलपरासीका लागि अशोक बस्ताकोटी र गोकुल सापकोटाका साथै रुकुमका लागि वीरेन्द्रकुमार सल्यानी र युवराज खड्का रहेका छन् ।

यस्तै नेविसङ्घको ११ औँ महाधिवेशन सम्पन्न गराउनका लागि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको संयोजकत्वमा गठित समितिले महाधिवेशन प्रतिनिधिको नामावली तयार पार्न पुर्याएको योगदानको कदर गर्दे आभार प्रकट गरेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget