Websoft University

www.radiomakalu.com || 021-522512


विकासमा जम्मा २७ प्रतिसत खर्च, सरकारी खातामै छ २१५ अर्ब, कहिले गर्छ सरकारले विकासको काम?


काठमाडौं , जेष्ठ २९ गते । आर्थिक वर्ष सकिनै लाग्दा समेत सरकारी ढुकुटीमा पैसा थन्किएको छ भने विकास खर्च निकै सुस्त देखिएको छ । यो आर्थिक वर्षका लागि विनियोजन भएको पैसा खर्च गर्ने समय एक महिना पनि बाँकी छैन तर सरकारी ढुकुटीमा दुई खर्ब १५ अर्ब रुपैयाँ थन्किएको छ ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार अहिले सरकारको खातामा दुई खर्ब १५ अर्ब रुपैयाँ छ । जेठ अन्तिममा यति धेरै रकम सरकारी खातामा रहँदा पनि विकास खर्च निकै कम मात्र भयो । जेठमा पनि पुँजीगत शीर्षकमा हुने खर्च सुस्त हुँदा खातामा पैसा थन्किएको हो ।





जेठ २७ गेतसम्म पुँजीगत खर्च जम्मा २७ प्रतिसत मात्रै भएको छ । बाँकी एक महिनामा सरकारले ७३ प्रतिसत रकम खर्च गर्नुपर्ने हुन्छ । एक महिनामा यति धेरै रकम खर्च गर्न संभव छैन ।

बैशाख पछि पुँजी गत खर्च उच्च दरले बढ्ने विगतको परम्परालाई पनि यस पटक सरकारले पच्छ्याउन सकेन । फागुन महिना देखि नै बढ्ने गरेको पुँजीगत खर्च यस पटक भारतीय नाकाबन्दी देखाएर सक्ने ठाउँमा पनि पैसा खर्च गरिएन । नाकाबन्दी खुलेपछि पनि पुँजीगत खर्चमा तिब्रता नआउँदा सरकारी ढुकुटी भर्नेमात्रै काम भयो । गत सातासम्म सरकारी खाचामा दुई खर्ब १८ अर्ब रुपैयाँसम्म बचत भएको थियो ।





जेठ तेस्रो साता पछि पुँजीगत खर्च औषतमा ५० करोड रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षमा दुई खर्ब आठ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष राखेको भएपनि जेठ २७ गतेसम्म जम्मा ५६ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । यो खर्च लक्षको तुलनामा २७ प्रतिसत मात्रै हो ।

साधारण खर्च भने यही अवधिमा लक्षको ५७ प्रतिसत नाघेको छ । जेठ २७ गते सम्म सरकारले दुई खर्ब ७७ अर्ब रुपैयाँ साधारण खर्च गरेको छ ।

सरकार आगामी आर्थिक वर्ष २०७३÷७४ को बजेट सार्वजनिक गर्दा चालु आर्थिक वर्षको खर्चमा पनि संसोधन गरेको छ। यो संसोधन अनुसार यस वर्ष वर्ष पुँजीगत खर्च एक खर्ब ५९ अर्ब रुपैयाँ हुने अनुमान छ । विनियोजित पुँजीगत बजेटको यो ७६ प्रतिसत हो ।

संसोधित लक्ष अनुसार पनि दैनिक चार अर्बको हाराहारीमा सरकारले खर्च गर्नुपर्छ । नगद बाहेक प्रावधिक सहायता र दाताबाट सोझै हुने भुक्तानीको केही अंश यसमा रहन्छ । - बिजमाण्डु डट कमबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget