Websoft University

www.radiomakalu.com || 021-522512


डन्डीफोर हटाउने ७ सामान्य घरेलु उपाय

सुन्दर देखिन को नचाहला र । तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र । अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ ।
सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् ।

                                   
मह
महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने। अझ तपाईलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।


                                                     
ल्वाङ
डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिउको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने।
केराको बोक्रा

केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्यािउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। जसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

कागतीको रस
-Lemonडन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।


चन्दन पाउडर
chandan
चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने। डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने। कागती केही थोपामात्रै राख्ने। धेरै राख्न यसले पोल्न सक्छ। यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ। सुखेपछि चिसो पानीले अनुहार धुने।

बाफ लिने
home-remedies-for-pimples-steam
बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।


गोलभेँडा
tomato
गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ। आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्ने ।
-स्वास्थ्य खबरपत्रिकाबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget