Websoft University

www.radiomakalu.com || 021-522512


डिआईजी सिलवाललाई चिकित्सक संघका अध्यक्षका ८ कडा सवाल



मंगलवार राति कान्तिपुर टिभीमा एउटा बहश कार्यक्रममा थियो । जहाँ केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख नवराज सिलवाल, नेपाल चिकित्सक संघका अध्यक्ष डा अञ्जनी कुमार झा र नेपाल मेडिकल काउन्सिलका पूर्व प्रवक्ता (अहिले निलम्बित) डा कृष्ण अधिकारी थिए । तीमध्ये संघका अध्यक्ष डा अञ्जनी अलि कडा रुपमा प्रस्तुत भए । बहशको बिचमै डिआइजी सिलवालले ‘डाक्टरसाबसँग इनर्जी बढी नै छ’ भन्नुपर्यो । बहश पनि यी दुईबिच नै भयो । अर्का सहभागी डा अधिकारी त बहशका हिस्सेदार कम स्रोता बढी भए । बहशमा डा अञ्जनीले उठाएका केही सवाल यस्ता थिए ।

१ प्रहरीले मुस्कानसहितको सेवा भनेर अहिले अभियान चलाइरहेको छ । जँड्याहालाई नमस्कार गर्छ । जबकी एक्सिडेन्ट गराउन सक्छ उसले । अनि डाक्टरप्रति किन यत्रो आक्रोश ?

२ यो देशमा जम्मैले अरुलाई सुधार्नुछ । आफूलाई सुध्रिनु कसैलाई छैन । प्रहरी संगठनमा कुनै गलत व्यक्ति छैन भनेर दावी गरेर आउनुहोस् । त्यही दिन स्यालुट गर्छु ।
३ एकजना सभासदले ‘पूर्जी बिना उपचार गरिरहेको डाक्टर नसमात्नुहोस् भनेको बेला उपस्थित गराउने जिम्मा मेरो भयो’ भन्दा प्रहरीले किन मानेन ?

४ हामीले समात्नु सही भएपनि तरिका गलत भयो भनेका हौं । डाक्टरले कतै घोच्दा वा दुख्दा मलाई दुख्यो भन्ने नपाउने ?
५ भोलि अदालतले दोषी नठहर्याए के हुन्छ ? आजै त्यसरी प्रस्तुत गर्ने ?

६ समातिएका डाक्टरमध्ये कति नेपाल सरकारकै कर्मचारी हुन् । लोकसेवा पास गरेरै आएका हुन् । उनीहरुले आफ्नो सक्कली प्रमाण पत्र पेश गर्न किन २४ घन्टा समय नपाउने ?

७ डाक्टर प्रति यत्रो रिस किन ? हामी तपाईंकै दाजुभाई होइनौं र ?

८ नक्कली भनेर समातेर मुद्दा चलाएको ४ दिन भइसक्यो । प्रहरीले अहिले सार्वजनिक रुपमा प्रमाण माग्न थालेको छ । सोध्न थालेको छ, ‘पीडित हुनुहुन्छ कि कोही भनेर’ यो कस्तो तरिका हो, पहिले समात्ने त्यसपछि प्रमाण जुटाउने ?- -स्वास्थ्य खबरपत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget