Websoft University

www.radiomakalu.com || 021-522512


लामखुट्टे भगाउने टीभी !




गर्मीको समयमा लामखुट्टेले सताउनु कुनै नौलो कुरा होइन । यसबाट छुटकारा पाउनका लागि हामीले झुल, म्याटलगायतका उपायहरु त अपनाउँदै आएका छौं । तर, अब लामखुट्टे भगाउन टेलिभिजनको प्रयोग गर्न सकिन्छ भन्ने सुन्दाचाहिँ अचम्म लाग्न सक्छ । हो, दक्षिण कोरियाली कञ्ज्युमर इलेक्ट्रोनिक्स निर्माता कम्पनी एलजीले लामखुट्टे भगाउने टीभी सार्वजनिक गरेको छ । ‘मस्क्यूटो अवे टीभी’ नाम दिइएको सो टेलिभिजनको भारतमा शुरु मूल्य २६ हजार ९ सय रुपया पर्ने बताइएको छ ।

यस टीभीले मनोरञ्जन दिनेमात्र नभई लामखुट्टेसमेत भगाउने र यसको टप वारेण्टीको मूल्य ४७ हजार ५ सय रुपया तोकिएको छ । कम्पनीले बताएअनुसार लामखुट्टे भगाउने यस टीभीमा अल्ट्रा सोनिक डिभाइस जडान गरिएको छ, जसलाई एक्टिभेट गरेपछि लामखुट्टे भगाउन सकिन्छ । यसबाट कुनै हानिकारक रेडिएशन ननिस्कने र साउण्ड वेबको माध्यमबाट लामखुट्टे आफैं भाग्ने कम्पनीको भनाइ छ ।

यो प्रविधि अन्तर्राष्ट्रिय संस्था सङ्गठनहरुको नियमको हिसाबले बनाइएको र यसलाई इण्टरनेशनल इन्ष्टिच्युट अफ टोक्सिकोलोजी (आईआईबीएटी)मा समेत परीक्षण गरिसकेको कम्पनीले दाबी गरेको छ । यो प्रविधिमा कुनै पनि केमिकल वा अन्य टक्सिक रिपिलेण्टस् प्रयोग नभएको र यसमा कुनै रिफिल र मेण्टेनेन्ससमेत जरुरत नभएको कम्पनीले बताएको छ । यस टीभीमा रहेको अन्य फिचर स्ट्याण्डर्ड टीभी जस्तै रहेको र यो कम्पनीको ब्राण्ड स्टोरमा उपलब्ध हुने बताइएको छ । ८० सेण्टिमिटर रहेको टीभीको मूल्य २६ हजार ९ सय रुपया तोकिएको छ भने १ सय ८ सेण्टिमिटरको टीभी भने ४७ हजार ५ सय रुपयामा प्राप्त गर्न सकिने बताइएको छ । रासस/पीटीआई

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget