Websoft University

www.radiomakalu.com || 021-522512


थोत्रो, झुट र बेइमानको राजनीति’



काठमाडौँ, असार १५ गते । संसद निरन्तर अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले ‘थोत्रो’, ‘झुट’ र ‘बेइमान’को राजनीतिमा अल्झिने समय नरहेको भन्दै सबैलाई गम्भीर बन्न आग्रह गरेका छन् ।



भूकम्पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग गर्दै कांग्रेसले संसद अवरोध गरिरहेको छ । यसै सन्दर्भमा दलीय वार्ता चलिरहेका बेला मंगलबार सार्वजनिक कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्री ओलीले कांग्रेसको अवरोधमाथि संकेत गर्दै यस्तो टिप्प्णी गरेका हुन् ।

‘२०७४ साल माघ ७ गते भित्र रुपान्तरित संसदको समय सकिन्छ , त्यतिन्जेलसम्म स्थानीय, प्रदेश, प्रतिनिधिसभा राष्ट्रिय सभा, राष्ट्रपति, उपराष्ट्रपति लगायतको चुनाव गरी राजनीतिक संक्रमणकाल सक्नुपर्ने बाध्यता छ’ मदन भण्डारीको ६५ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘थोत्रो, झुट र बेइमानको राजनीतिमा अल्झिने समय छैन ।’



प्रधानमन्त्रीले भूकम्पपीडितको नाममा राजनीति गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे । ‘विगतको सरकारले नै विश्व बैक लगायतका संस्थासंग सम्झौता गरेको हो, त्यस्ता सम्झौताहरु कानुनसरह हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यो राजनीतिक गर्ने बिषय होइन ।’ उनले भुकम्पपीडितका पक्षमा काम गर्न सरकार प्रतिबद्ध रहेको र गरिरहेको दाबी गरे । विगतका सम्झौताहरुकै कारण झण्डै भत्किएका आठ लाख घरको नयाँ सर्भेक्षण गर्नुपर्ने लगायतका बाध्यता रहेको उल्लेख गर्दै संवेदनशीलताको विषयमा ध्यान दिन आग्रह गरे ।

पीडितहरुलाई तत्कालका लागि सामूहिक आवासको व्यवस्था गरिसकिएको र अनुदानको काम पनि भइरहेको उनले बताए । ‘सरकारले सकेसम्म सहुलियत पुर्‍याउँछ’ प्रधानमन्त्री ओलीले भने,‘ अब हाम्रो ध्यान पुननिर्माण सहित संक्रमणकाल अन्त्य गर्ने तर्फ केन्द्रित भएको छ ।’

संविधान अनुसारको समयसिमा भित्र चुनाव भई राजनीतिक संक्रमणकाल अन्त्य भएपछि मात्र मुलुक आर्थिक र उन्नतीको दिशामा तीब्रताका साथ अघि बढन सकिने ओलीले बताए । अहिले मुलुकको मर्यादा माथि उठेको टिप्पणी गर्दै यसका कारण कतिपयलाई छटपटी भइरहेको बताए । मदन भण्डारीको व्यक्तित्व र उनले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्त चर्चा गर्दै त्यही सिद्धान्तमा हिडेका कारण मुलुक जटिल अवस्थामा पनि आफ्नो खुट्टामा उभिन सफल भएको ओलीको कथन थियो ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि निम्त्याइएका थिए । उनले चाही समसामयिक राजनीति भन्दा बढी मुलुकको एकता, स्वाधिनता र आर्थिक समृद्धिका लागि मिलेर काम गर्नुपर्ने प्रस्ताव अघि सारे । मदन भण्डारी र आफ्नो व्यक्तिगत मनोकांक्षाको तुलना गर्दै दाहालले एमाले र माओवादी नयाँ ढंगले क्रमभंगता गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरे । भण्डारीले कम्यूनिष्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थातर्फ र आफूले सशस्त्र युद्ध हुँदै शान्ति प्रक्रिया मार्फत् अहिलेको अस्वस्थामा आउने क्रममा क्रमभंगता गरेको उदाहरण दिंदै दाहालले अब पनि आर्थिक विकासमा त्यस्तै क्रमभंगता आवश्यक रहेको धारणा राखे । ‘जसरी मदन भण्डारीले बहुदलीय जनवाद मार्फत् त्रमभंग गर्न खोज्नुभयो त्यसतै अहिले एमालेर माओवादीहरु नयाँ ढंगले क्रमभंग गरेर जान सक्छौ कि सक्दैनौं ?’ दाहालले प्रश्न गरे ।

कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले संविधानमा फरक मत भए पनि आफुहरु त्यसलाई मानेर अघि बढ्को र अब मुलुक आर्थिक दिशामा केन्द्रित हुनुपर्ने बताए । फाउण्डेसनले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि कार्यक्रममा बोलाएको थियो । तर देउवाले मंगलबार बिहान मात्र उपस्थित हुन नसक्ने जानकारी आयोजकलाई गराएका थिए ।

कान्तिपुर 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget