Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय निर्वाचन तोकिएको समयमा हुनुपर्छः नेता नेपाल



नेकपा (एमाले) का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले तोकेको अवधिमा स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताएका छन्।


इन्टरनेसनल कम्युनिष्ट वर्कस पार्टीको अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिन आज भियतनाम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरकारले मङ्सिरमा स्थानीय निर्वाचन गर्ने विषयमा कसैसँग सम्झौता गर्नु हुँदैन, निर्वाचन मुलुकको आवश्यकता हो ।’

नेता नेपालले कुन पार्टीको कुन नेताको के समस्या छ भन्ने नाममा मुलुकको हितका लागि हुने चुनावमा कुनै पार्टीले अवरोध गर्नु नहुनेमा जोड दिए।

‘सहमति बन्नसके अहिलेकै नेतृत्वको सरकारमा नेपाली काँग्रेस र मधेसवादी दलका नेता सहभागी हुनुपर्छ, नभए जसको नेतृत्वमा राष्ट्रिय सहमति बन्छ त्यसका लागि तयार हुनुपर्छ ।' नेपालले भन], 'अहिले सरकारले हिम्मत देखाएको छ, तोकिएको समयमा निर्वाचन गर्नुमै मुलुकको निकास छ।'

काँग्रेसले व्यवस्थापिका संसद्मा गरिरहेको अवरोधको कुनै तुक नरहेको बताउँदै उनले लोकतन्त्रको नाममा औचित्यहिन चरित्र देखाउन नसुहाउने, काँग्रेस प्रतिपक्षीसँगै सबैभन्दा ठूलो दल पनि भएकाले मुलुकको निकासका लागि उसको रचनात्मक भूमिका आवश्यक हुने बताए।

नेता नेपाललाई बिदाइ गर्न एमाले नेताहरु गङ्गालाल तुलाधर, सरोज उपाध्याय नेपाल, युवा सङ्घ नेपालका उपाध्यक्ष दिलु पन्तलगायत विमानस्थल पुगेका थिए। रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget