अमेरिका , असार ८ गते। अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिका कपको फाइनलमा पुग्न सफल भएको छ ।
लियोनेल मेसीको उत्कृष्ट प्रदर्शनमा घेरेलु टोलीलाई ४ शून्यले पाखा लगाउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।
अर्जेन्टिनालाई जिताउने क्रममा खेलको तेसा्रे मिनेटमा लियोनेल मेस्सीले दिएको पासलाई सदुपयोग गर्दै लाभेज्जीले हेड मार्फत पहिलो गोल गरे ।
३६ औँ मिनेटमा पाएको प्रिकिकलाई २५ यार्ड टाढाबाट मेसीले प्रहार गरी सुन्दर गोल गरे । यो गोलसँगै मेसी अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पहिलो नम्बरमा पुगेका छन् ।
यस अघि गा्राभियल पाटिसिपाले अर्जेन्टिनाका लागि सर्वाधिक ५४ गोलको रेकर्ड बनाएका थिए ।
पहिलो फाफ दुई सुन्यमा टुंग्याएको अर्जेन्टिनाले दोस्रो हाफमा थप दुई गोल गर्यो । दोस्रो हाफमा गोन्जालो हिग्वाइन चम्किए । उनले खेलको ५० औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३-० को अग्रता दिलाए ।
अर्जेन्टिना यत्तिमै सीमित भएन उसका लागि खेलको ८६ औँ मिनेटमा मेसीले मिलाइदिएको पासमा हिग्वाइनले नै गोल गर्दै अर्जेन्टिनाको ४-० को जित पक्का गरे ।
सन् १९९३ देखि ठूलो उपाधि चुम्न नसकेको अर्जेन्टिनाको भेट अब फाइनलमा चिली र कोलम्बियाबीच बिहिबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग हुने छ।

Post a Comment