काठमाडौं ,असार ९ गते । बेल्जियमसँगै पोर्चुगल, आइसल्याण्ड र रिपब्लिक अफ आयरल्याण्ड युरोकप २०१६ को नकआउट चरणमा पुगेका छन् । यससँगै युरो २०१६ को समिकरण पुरा भएको छ ।
पोर्चुगल, रिपब्लिक अफ आयरल्याण्डसँगै स्लोभाकिया र उत्तरी आयरल्याण्ड तेस्रो स्थानमा रहेर पनि नकआउट चरणमा पुगे ।
तेस्रो स्थानमा रहेका शीर्ष चार टिम अन्तिम १६ मा पुग्ने भएकाले टर्की र अल्बानिया भने अघिल्लो चरण पुग्न सकेनन् । रसिया, रोमानिया, युक्रेन, स्वीडेन र अष्ट्रिया पनि बाहिरिएका छन् ।
समूह ए
फ्रान्स-समूह विजेता
स्विट्जरल्याण्ड-समूह उपविजेता
समूह बी
वेल्स-समूह विजेता
इंग्ल्याण्ड-समूह उपविजेता
समूह सी
जर्मनी-समूह विजेता
पोल्याण्ड-समूह उपविजेता
समूह डी
क्रोएसिया-समूह विजेता
स्पेन-समूह उपविजेता
समूह ई
इटली-समूह विजेता
बेल्जियम-समूह उपविजेता
समूह एफ
हंगरी-समूह विजेता
आइसल्याण्ड-समूह उपविजेता
तेस्रो स्थानमा रहेका उत्कृष्ट चार
स्लोभाकिया, रिपब्लिक अफ आयरल्याण्ड, उत्तरी आयरल्याण्ड, पोर्चुगल
शनिबारदेखि प्रि क्वार्टरफाइनलका खेलहरु सुरु हुनेछन् ।
शनिबार
स्विटजरल्याण्ड भर्सेज पोल्याण्ड: राति ६:४५
वेल्स भर्सेज उत्तरी आयरल्याण्ड: राति ९:४५
क्रोएसिया भर्सेज पोर्चुगलः राति १२: ४५
आइतबार
फ्रान्स भर्सेज रिपब्लिक अफ आयरल्याण्ड: राति ६:४५
जर्मनी भर्सेज स्लोभाकियाः राति ९: ४५
हंगेरी भर्सेज बेल्जियमः राति १२: ४५
सोमबार
इटली भर्सेज स्पेन: राति ९:४५
इंग्ल्याण्ड भर्सेज आइसल्याण्ड: राति १२: ४५
नकआउट चरणको ड्र विश्लेषण गर्दा उपाधिका दाबेदार टिमहरु एकातिर परेका छन् भने अरु अर्को तिर छन् ।

जर्मनी, इटली स्पेन, फ्रान्स र इंग्ल्याण्ड एकतातिर छन् । र, उनीहरु मध्ये एक टिममात्र फाइनलमा पुग्न सक्नेछन् । जसमध्ये इटली र स्पेन मध्ये एक प्रि-क्वार्टरफाइनलबाटै बाहिरिनेछ । र, यसको विजेताले क्वार्टरफाइनलमा जर्मनी र स्लोभामियाको विजेतासँग क्वार्टफाइनल खेल्नेछन् । यदि फ्रान्स र इंग्लाण्डले अन्तिम १६ को खेल जितेमा क्वार्टरफाइनलमा नै उनीहरुको भेट हुनेछ ।
र, यसको विजेताले इटली भर्सेज स्पेन र जर्मनी भर्सेज स्लोभाकियाको विजेतासँँग सेमिफाइनल खेल्नुपर्नेछ । अर्थात उपाधि दाबेदार टिमहरु मध्ये एक मात्र फाइनलमा पुग्नेछन् ।
अर्कोतिरबाट हंगेरी, बेल्जियम, वेल्स, उत्तरी आयरल्याण्ड, क्रोएसिया, पोर्चुगल, स्विटजरल्याण्ड र पोल्याण्ड मध्ये एक फाइनलमा पुग्नेछ । फाइनल भिडन्त जुलाइ १० मा हुनेछ ।- अनलाइनखबरबाट
Post a Comment