Websoft University

www.radiomakalu.com || 021-522512


तमलोपा अध्यक्षमा महन्थ ठाकुर निर्वाचित

नवलपरासी, असार ९ गते। नवलपरासीको रामग्राममा जारी तराई मधेस लोकतान्त्रिक पार्टीको अध्यक्षमा महन्थ ठाकुर निर्विरोध छानिएका छन् ।



स्थापनाकालदेखि नौ बर्षसम्म निरन्तर अध्यक्ष रहेका ठाकुर पहिलो महाधिवेशनबाट बुधबार निर्विरोध छानिएका हुन् । विद्यार्थी अवस्थादेखि नै ठाकुर कांग्रेसमा आबद्ध थिए ।

कांग्रेस कोषाध्यक्ष र मन्त्री त्याग गर्दै ठाकुरले ०६४ सालमा नयाँ पार्टी खोलेका थिए ।

तमलोपा नेता हैदर अली मोमिनका अनुसार अध्यक्षका अर्का दाबेदार गोविन्द चौधरीले नै ठाकुरलाई समर्थन गरेपछि उनी निर्विरोध भएका हुन् । अन्य पदाधिकारी र कार्यसमितिको निर्वाचन अघि बढाइएको छ ।

वरिष्ठ उपाध्यक्षमा हृदशेष त्रिपाठी र उपाध्यक्षमा बृशेषचन्द्र लाल पनि सर्वसम्मत निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा बीपी यादव र उपाध्यक्षमा शंकरलाल चौधरीले उम्मेदवारी फिर्ता लिएपछि त्रिपाठी र लाल निर्विरोध भएका हुन् ।

बुधबार रातिदेखि हुने निर्वाचनबाट दुई महामन्त्री, दुई सहमहान्त्री एक कोषाध्यक्षसहित ८१ सदस्यीय केन्द्रीय समितिको टुंगो लगाउनेछ । तीमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित आदिवासी जनजातितर्फका ५ केन्द्रीय सदस्य निर्विरोध भएका छन् ।

महामन्त्रीमा चन्दा चौधरीले फिर्ता लिएपछि ५ जना, सहमहामन्त्रीका लागि १४ जनाले उम्मेदवारी दर्ता कायम गरेका छन् । नेताहरुले सर्वसम्मतको प्रयास गरिरहेको एक नेताले बताए ।


कान्तिपुर 



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget