Websoft University

www.radiomakalu.com || 021-522512


ट्याक्सीमा आगजनी, माइक्रो तोडफोड


काठमाडौँ, जेष्ठ २७ गते नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वमा रहेको माअ‍ेवादीले आयोजना गरेको नेपाल बन्दको दिन बिहीबार राजधानीको तीनकुनेमा बा १ च ८२०६ नम्बरको ट्याक्सीमा आगजनी भएको छ ।



त्यसैगरी, मनमैजुमा बन्दकर्ताहरुले एउटा माइक्रोबस तोडफोड गरेका छन् ।

बन्द गराउँदै हिंडेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई रत्नपार्क, कालिमाटी र बालाजु आसपास क्षेत्रबाट पक्राउ गरिएको महानगरिए प्रहरी परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले जानकारी दिए ।

राजधानीमा माओवादीका कार्यकर्ताहरु सडकमा देखिएका छैनन् । अहिले सडकमा फाट्टफुट्ट माइक्रो बस चल्न थालेका छन् । नीति दुई पांग्रे सवारी केही मात्रामा चलेपनि सार्वजानिक यातायात चलेका छैनन ।

यसैगरी, ललितपुर प्रहरीले बन्द गराउँदै हिंडेका ११ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले चार वटा गुलेली पनि बरामद गरेको छ ।

अहिले सडकमा बन्दकर्ताहरु नदेखिएको र अवस्था समान्य बन्दै गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।

kantipur

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget