रसुवागढी भन्सारका प्रमुख केदार न्यौपानेले सेतोपाटीलाई दिएको जानकारी अनुसार हिजो गएको पहिरो बिहान ११ बजेसम्म हटाएर यातायात सुचारु गरेपनि फेरि दिउँसो एक बजे ठूलो पहिरो गएको हो।
पहिरो खस्ने क्रम जारी भएकाले हटाउन नसकिएको न्यौपानेले बताए। पहिरो खसेपछि केरुङबाट सामान ल्याएर आएका करिब सय वटा मालबाहक गाडी पनि चिनियाँ भूभागमा अड्किएको न्यौपानेले बताए। सुख्खा पहिरो खसेका कारण केही दिनदेखि सो नाकामा यातायात अवरुद्ध हुँदै आएको छ।-सेतोपाटीबाट
Post a Comment