Websoft University

www.radiomakalu.com || 021-522512


चीनको डरले अमेरिका भारतको कठपुतली'


काठमाडौँ, जेष्ठ २७ गते । न्युक्लियर सप्लायर्स ग्रुप (एनएसजी)मा भारतको सर्त मानेर अमेरिका चीनसँग डराएर भारतको कठपुतली भएको विश्लेषण सुरु भएको छ ।




पाकिस्तानी मिडियाले चीनसँग डराएर अमेरिका भारतको कठपुतली भएको विश्लेषण गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमण र अमेरिकी राष्ट्रपति ओबामासँगको भेटका विषयलाई विशेष स्थान दिँदै पाकिस्तानी मिडियाले अमेरिका भारतको कठपुतली भएको विश्लेषण गरेका हुन् ।

पाकिस्तानी पत्रकार मोइद पीरजादले ट्वीटरमा लेखेका छन्, ‘चीनको डरले अमेरिका भारतीय रणनीतिको कठपुतली बनेको छ । वासिङ्गटन अब ब्युँझ ।'

भारतका परमाणु मामिला विज्ञले समेत भारतलाई अमेरिकाले एनएसजीको सदस्यता दिएर भारतलाई ठूलो फाइदा नहुने विश्लेषण गरेका छन् ।

एनएसजीका विषयमा अमेरिकाले भारतको सर्त मानेपछि नरेन्द्र मोदीले अंकमाल गर्दै अमेरिकी राष्ट्रपति बाराक ओमामालाई धन्यवाद दिएका थिए । अमेरिकाले पाकिस्तानलाई पन्छाएर भारतको सर्त मानेपछि चीनले प्रश्न उठाउँने खतरा बढेको विज्ञको विश्लेषण छ ।

चीनले पाकिस्तानलाई समेत एनएसजीको सदस्य बनाउनुपर्छ भनिरहेका बेला अमेरिकाले भारतको सर्त मानेको हो । यो विषयलाई चीनले नजिकबाट हेरिरहेको छ । चीनले जुनसुकै देशलाई एनएसजीको सदस्य दिँदा सर्वमान्य नियम बनाउनुपर्नेमा जोड दिदै आएको छ ।

मोदीको अफगानिस्ता, कतार, स्वीटजरल्याण्ड र अमेरिकाको यात्रालाई पाकिस्तानी मिडियाले विशेष महत्व दिइरहेका छन् । मोदीको यो भ्रमणलाई विश्लेषकहरुले नवाज जरिफ सरकारलाई घर्ने कोशिसमा केन्द्रित भएको उल्लेख गरेका छन् ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget