Websoft University

www.radiomakalu.com || 021-522512


सरकारको वार्ता आह्वान: गठबन्धनभित्रै मतभेद

काठमाडौँ, जेष्ठ ३२ गते । सरकारले वार्तामा आउन गरेको पटक–पटकको आह्वानलाई लिएर संघीय गठवन्धनभित्रै मतभेद भएको छ । प्रधानमन्त्री केपी ओलीले पछिल्लोपल्ट पठाएको पत्रबारे समेत एक सातादेखि खुलामञ्चमा रिले अनशन बसिरहेको गठबन्धनमा अलगअलग मत देखिएको छ ।



मधेसी मोर्चा आबद्ध दललाई सम्बोधन गर्दै आइतबार ओलीले पठाएको दोस्रो पत्रमा संघीय गठबन्धनलाई सम्बोधन नगरिएको भन्दै संघीय समाजवादी फोरम पक्षका नेताले असन्तुुष्टि जनाएका छन् । मधेसी मोर्चाभित्रका अरू दलले भने जेठ १० मा ओलीबाट आएको पत्रभन्दा सकारात्मक भाषा परेको भन्दै ठोस प्रस्ताव र प्रतिबद्धतासहित सरकारी पक्ष आए संवादमा बस्न सकिने संकेत गरेका छन् ।

प्रधानमन्त्री ओलीको पत्र खुलामञ्चमा अनशन बस्दाबस्दै आन्दोलनकारी नेताहरूलाई पुगेको थियो ।

‘प्रधानमन्त्रीको विगतको पत्रभन्दा अहिले अलि संवेदनशीलता देखिएको छ, यो सकारात्मक छ,’ तमलोपा महामन्त्री जितेन्द्र सोनलले भने, ‘वार्ताका लागि सीमांकनलगायत विषयमा ठोस प्रतिबद्धता आयो भने हामीलाई छलफल गर्न सहज हुन्छ, किनकि संविधान संशोधनका लागि ठूला दलहरू नै चाहिन्छन् ।’ माघ पहिलो साता असफल तीन दल–मोर्चा वार्तामा सीमांकन हेरफेर मुख्य विषय रहेकाले ठूला दलको तर्फबाट स्पष्ट प्रतिबद्धता आउनुपर्ने सोनलले माग गरे ।

संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले भने उपलब्धिपूर्ण वार्ताका लागि ओली मानसिक रूपमा तयार नभएसम्म आफूहरू वार्तामा नबस्ने अडान लिए ।

राईले गठबन्धनले अघि सारेको २६ बुँदे मागबारे ओलीको धारणा माग गरे । ‘विगतमा उहाँले आफ्नोतर्फबाट भीम रावलजीलाई खटाउनुभयो, माओवादीबाट कृष्णबहादुर महराजी आउनुभयो, अनि कांग्रेसबाट महेश आचार्यजी आउनुभयो ।

वार्ता गम्भीर ढंगले अघि बढेको पनि हो, तर प्रधानमन्त्रीजीले तत्परता नदेखाउँदा त्यतिखेरको मिहिनेत खेर गयो,’ सोमबार राईले भने, ‘त्यसैले हामीले राखेको माग सम्बोधन गर्नेबारे उहाँको प्रस्ट धारणा चाहियो ।’

संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पछिल्लो आन्दोलन मधेसी मोर्चा नभई संघीय गठबन्धनकै स्वामित्वमा चलिरहेकाले चिठी पनि गठबन्धनकै नाममा आउनुपर्ने अडान लिए ।

‘सरकार मोर्चा र गठबन्धनलाई फुटाउ अनि शासन गर भन्ने रणनीतिका साथ प्रस्तुत भइरहेको छ,’ श्रेष्ठले भने, ‘मोर्चाको आफ्नै अस्तित्व छ, तर अब संघीय गठबन्धन बनेकाले चिठी पनि यसकै नाममा आउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

गठबन्धनभित्रकै मधेसवादी दलले भने यसअघिका वार्ता मधेसी मोर्चासित भएकाले अबको वार्ता पनि मोर्चासितै हुनुपर्ने धारणा राखेका छन् ।

तमलोपा, सद्भावना पार्टीलगायत साना मधेसी दलहरू मधेसी मोर्चाको अस्तित्व मेट्न नहुने अडानमा छन् । गठबन्धनभित्रका समाजवादी फोरमलगायत पहाडी जनजाति पार्टीहरू अब गठबन्धनसित वार्ता हुनुपर्ने बताइरहेका छन् ।

जेठ १ देखि राजधानी केन्द्रित आन्दोलन चलाइरहेको संघीय गठबन्धनले जेठ २५ देखि असार मसान्तसम्म रिले अनशन गर्ने निर्णय गरेको छ ।

kantipur

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget