काठमाडौं , असार ४ गते ।व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले सरकारले कृषकहरुलाई छुट्याएको अनुदान रकमको चरम दुरुपयोग भइरहेको बताएका छन् ।

अनुदान रकमको दुरुपयोग हुनुमा कृषि विकास मन्त्रालय र मातहतका निकायका अतिरिक्त मुलुकको समग्र प्रणाली दोषी रहेको उनको भनाइ छ । उनले वास्तविक किसानले अनुदान रकम पाउनका लागि उत्पादनलाई बजारसँग जोड्न अनिवार्य रहेको बताए ।
कृषि तथा जलस्रोत समितिका सभापति थापाले वास्तविक किसानहरुले सहुलियतपूर्ण ऋण पनि पाउन नसकेको बताए । साथै अहिलेको सहुलियतपूर्ण ऋण र अनुदान वितरण प्रणालीमा सुधार नल्याए कृषि उत्पादन नबढ्ने र मुलक परनिर्भर भइरहने बताए । - अनलाइनखबरबाट
Post a Comment