Websoft University

www.radiomakalu.com || 021-522512


बाढीले पूर्वमा अढार्इ सय घर डुवानमा

इटहरी, असार ८ गते। दुई दिनयताको वर्षासँगै पूर्वका विभिन्न नदीमा आएको बाढीले नदी आसपास क्षेत्र मंगलबार जलमग्न भएका छन् । गाउँ-बस्ती जलमग्न छन् भने दर्जनौं घर डुबानमा परेका छन् । बाढीले झापा, सुनसरी र मोरङलगायत जिल्ला बढी प्रभावित भएको छ । 



पैनीमा डुबेर इटहरी ४ का ६६ वर्षीय रामबहादुर बराइलीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरीको बराहक्षेत्रमा कोसी नदीले बगाउँदा एकजना बेपत्ता छन् । बराहक्षेत्र मन्दिर दर्शन गर्न गएका झापाको कन्काइ नगरपालिका ३ का हरिप्रसाद ओली बेपत्ता भएका हुन् । उनी नुहाउन लाग्दा बगेको प्रहरीले जनाएको छ ।

बाढीले झापामा कम्तीमा सवा सय घर डुबेका छन् । भद्रपुर, विर्तामोड, गरामनी र दमक क्षेत्रका घर डुवानमा परेका हुन् । प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माका अनुसार मेची नदीको बाढीले नदी आसपासमा वसोवास गर्ने घर पूरै डुबेका छन् । रतुवाको वाढीले दमक, लखनपुरलगायत क्षेत्रका घर, अन्दुवा खोलाको वाढीले विर्तामोड र देउनिया खोलाको वाढीले गरामनीका केही घर डुवानमा परेका हुन् ।

अविरल वषर्ासंगै मेची, कन्काई, कमल, रतुवा, विरिङ, टाङटिङलगायत ठूला नदी, जलासय र खोला खोल्सामा पानीको वहाव अचानक वढेको छ । नदी किनारमा आश्रति सुकुम्वासीका घर डुवानमा परेको प्रहरीले जनायो । कन्काईको वाढीले शरणामति, महाभारा, पाँचगाछी, टाघनडुव्वा र कुमरखोद गाविस र शिवसतासी नगरपालिकाका सर्वसाधारण प्रभावित छन् । 'घर डुबानमा परेका सर्वसाधारणलाई नजिकको स्कुल तथा धर्मशालाहरुमा आश्रयमा राखिएको छ', शर्माले भने ।

प्रहरीका अनुसार रतुवाको वाढीले एकजना बगाए पनि उनको तत्काल उद्धार गरिएको छ । पौडी खेल्न नदीमा पसेका दमक १ का ४५ वषर्ीय राजकुमार राई बगेपछि प्रहरी र सर्वसाधारणले उनको उद्धार गरेका थिए । शरणामतिको टप्पु र उराउ वस्ती, कुमरखोदको सुगा वथान, टाघनडुव्वाको नयाँवस्ती, कन्काई नगरको त्रिवेणी टोल र मिलन वस्ती, माइधारको विर्खे वस्ती, होकल वाडी, हेम्जाडागी, भाकुरमारीलगायत वस्ती कन्काईको वाढीमा परेका छन् । कुमरखोद ८ सुगा वथानका राजन टुडुले वाढीले गाउँ जलमग्न भएको छ । 'कतिखेर कन्काईको वाढी पस्ने हो थाहा छैन', टुडुले भने, 'पानी पर्न थालेपछि रातभर जागै बस्छौ ।'

मोरङको बक्राहा खोलाको बाढीले मधुमल्ला ४ थामेझोडाका ३० घर डुबानमा परेका छन् । ती घरका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । खोलाको बाँध भत्किएर वाढी वस्तीमा पस्दा ३० घर डुबानमा परेका हुन् । बक्राहामा हरेक वर्ष बाढीले मधुमल्लाको थामेझोडावासीलाई प्रभावित गर्दै आएको छ ।

बक्राहाकै बाढीले मधुमल्लाको वडा ५, ६ र ८ का ३ सयभन्दा बढी घर प्रभावित भएको प्रहरीले जनाएको छ । मधुमल्लाकै वडा ५ बेदेनीमा ६५ घर प्रभावित भएका छन् । चिसाङको बाढीले लेटाङमा सयौ विघा धान खेत कटान गरेको छ । बाढीले इटहरा र दर्वेशाको झमनपुर, दौलतपुरमा २ सय भन्दाबढी घर प्रभावित वनाएको प्रहरीले जनाएको छ ।

चिसाङको बाढीले दर्वेसा ४ दौलतपुर र ९ को झमनपुरका दर्जनौं परिवार प्रभावित भएका छन् । रतुवा खोलामा आएको बाढीले महादेवा गाविसलाई प्रभावित बनाएको प्रहरीले जनाएको छ । यसैगरी बक्राहाको बाढीले हसन्दह ३ र ५ वडाको सीमामा रहेको स्पर भत्काएर बाढी बस्तीमा पसेको छ । बाढीले हसन्दह ५ को जयनगर र अमदह २ को सुगाबजारमा प्रभाव पारेको छ । स्थानीय २० परिवार विस्थापित भएका छन् । प्रहरीले उनीहरुलाई स्थानीय विद्यालयमा राखेको छ ।

टेंग्रा खोलाको बाढीले सुनसरीको इटहरीमा जनजीवन प्रभावित भएको छ । भल पसेर ३५ कच्ची घर डुवानमा परेका छन् । करिब ५० पक्की घर पनि डुबानमा छन् । खोलाले धार नाघेर गाउँ प्रवेश गरेपछि विहानैदेखि सेना, प्रहरी र सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले बाढी रोक्ने प्रयास गरेको थियो । पानी पर्न रोकिएपछि बाढी विस्तारै नियन्त्रणमा आएको छ ।

उपमहानगरका १, ७, ८ र ९ नम्बर वडामा बाढी पसेर सयभन्दा बढी घरहरु डुबानमा परेका छन् । लगातारको वर्षापछि खोलामा बाढी आएकाले आसपास क्षेत्र जलमग्न बनेका हुन् । सुनसरी खोला र सुनसरी मरिया खोलामा आएको बाढीले सुनसरीको बबिया, जल्लापुर, भुटाहा, नरसिङ, बसन्तपुर, गौतमपुर, भोक्राहा, लौकही, मधुवनलगायत क्षेत्र प्रभावित भएको छ । अधिकांश घरमा बाढी पसेको प्रहरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिका अन्र्तगत पकली, हाँसपोसा, एकम्बा, खनारलगायत स्थान डुबानमा परेका छन् । त्यसैगरी सुनसरी मोरङ औद्योगिक करिडोरसमेत जलमग्न बनेको छ । सबैतिर के कति नोक्सानी भयो भन्नेबारे विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले बताए ।

सप्तकोसीको सहतह बढ्यो

सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । मंगलबार साँझ एक लाख ४० हजार ७० क्यूसेक पानी मापन गरिएको छ । कोसीब्यारेजका ५६ मध्ये ४१ ढोका खोलेर पानीको निकास दिइएको छ ।

उर्बर जमिन बगर

चुरे जंगलको बिनासपछि खहरेहरु बढेकाले सिन्धुलीको कमलाखोंज र मरिण क्षेत्रमा हजारौ बिघा उर्बर जमिन बगरमा परिणत भएको छ । सुकुम्बासीका नाममा बर्सेनि बढै गएको चुरे अतिक्रमण र काठ चोरी निकासीका कारण खहरेखोला बढ्न गइ समस्या आएको स्थानीयले बताएका छन् ।

चुरे जंगलको विनासले कमलाखोंच क्षेत्रका रानीबास, निपाने, हर्षाही, टाँडी, हत्पते र मरिण क्षेत्रका कल्पबृक्ष, कपिलाकोट, क्यानेश्वर, डाडीगुराँसे, माहादेवस्थानलगायत दर्जनभन्दा बढी गाविसका कृषक प्रभावित भएका छन् । 'वन अतिक्रमण र चोरी निकासीले बर्षाको समयमा पाखै बगेर आउने खहरेको भेलले उर्बर जमीन बगरमा परिणत भएका छन्' निपानेका बाशु कोइरालाले भने्, 'खहरे नियन्त्रण हुन नसके उर्बर जमीन केही वर्षमै बगर बन्नेछन् ।'

चुरे जंगलको विनासले नै बर्सेनि नयाँ खहरे जन्मिने गरेका छन्' उनले भने 'चुरे जंगलबाट निस्कने खहरेका कारण बषर्ामा चुरे आसपास बसोबास गर्ने बढी पीडित हुँदै आएका छन् ।' कमलाखोंज क्षेत्रमा मात्रै सानाठूला गरी सयभन्दा बढी खहरे चुरे जंगलबाट निस्किएको छन् ।

चुरे जंगलबाट निस्किने खहरेले १० हजार बिघाभन्दा बढी उर्बर जमिन बगरमा परिणत गराइसकेको स्थानीय कृषकहरु बताउँछन् । हत्पते गाविसका प्राविधिक सहायक हेरम्बराज अधिकारीका अनुसार खहरे खोलाले यस क्षेत्रमा कति उर्बर जमिनलाई क्षति पुर्‍यायो, त्यसको लगत कुनै पनि निकायले लिएको छैन । वन कार्यालयका अनुसार जिल्लामा चुरे जंगलको क्षेत्रफल एक लाख १२ हजार ६३१ हेक्टर छ । योमध्ये एक लाख हेक्टर जंगल सरकारी स्वामित्वमा रहेको र बाँकी समुदायलाई हस्तान्तरण भइसकेको छ ।

कान्तिपुर 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget