Websoft University

www.radiomakalu.com || 021-522512


मलेसियामा कामदारको तलब वृद्धि

क्वालालम्पुर , असार १५ गते ।. मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । मलेसिया सरकारले अघिल्लो बर्ष अक्टोबरमै घोषणा गरिएअनुसार एक सय रिंगिटले वृद्धि भएको न्युनतम मासिक पारिश्रमिक शुक्रबार (जुलाई १) देखि लागू गर्ने भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार घरेलु क्षेत्रमा कार्यरत कामदारबाहेक सबै कामदारका हकमा उक्त नयाँ पारिश्रमिक लागू हुनेछ । मलेसियामा कामदारको तलब मासिक २७ सय रुपैयाँले वृद्धि हुनेछ ।



यो नीतिअनुसार शुक्रबारदेखि लागू हुनेगरि पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा फरक फरक पारिश्रमिक लागू हुनेछ । पूर्वी क्षेत्रमा (साबाह, सरावक र फेडेरल टेरेटोरी अफ् लाबुवान) कार्यरत कामदारले यसअघि आठसय २० रिंगिट प्राप्त गर्दै आएकोमा अब नौसय २० रिंगिट र त्यसबाहेकका क्षेत्रमा (पश्चिमी मलेसिया/प्रायद्धिप मलेसिया) कार्यरत कामदारले यसअघि नौसय रिंगिट प्राप्त गर्दै आएकोमा अब मासिक १ हजार रिंगिट पारिश्रमिक पाउनेछन् ।

गत बर्ष अक्टोबर २३ मा मलेसियाली प्रधानमन्त्री नजिब रजाकले आर्थिक बर्ष २०१६ को बजेट भाषणमार्फत कामदारको पारिश्रमिक बृद्धिको घोषणा गरेका थिए । उक्त घोषित नीति पूर्ण रुपमा लागू भएमा अब मलेसियामा निजी क्षेत्रमा कार्यरत सबै स्थानीय र विदेशी दुबैखाले कामदारले बढेको पारिश्रमिक पाउनेछन् । यो नीति पूर्ण रुपमा लागू भएमा यहांका विभिन्न क्षेत्रमा कार्यरत ५ लाखभन्दा बढी नेपाली यसबाट लाभान्वित हुनेछन् ।

मलेसियाले गत सन् २०१२ मे दिवसको अवसर पारेर पहिलोपटक न्युनतम पारिश्रीमक लागूसम्बन्धी नीति घोषणा गरेको थियो । उसले गत २०१२ सेप्टेम्बर ६ मा उक्त नीति कार्यान्वयनका ल्याउन यससम्बन्धी निर्देशिका समेत जारी गरेको थियो । पहिलोपटक पारिश्रमिक नीति घोषणा गरिएको झण्डै ४ बर्षपछि त्यसमा थप परिमार्जन गरि मासिक १ सय रिंगिट पारिश्रमिक बृद्धि गरिएको हो । तर लेभी रकम भने कामदारले सरकारलाई बुझाउनुपर्ने प्रावधान छ । सरकारले लेभी शुल्क कामदारको पारिश्रमिकबाट कटौती गर्न पाउने कानुनी व्यवस्था छ ।

यहां बहुसंख्यक नेपाली पश्चिमी मलेसियामा कार्यरत रहेका छन् भने पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ । मलेसियाले अब नयां पारिश्रमिकसम्बन्धी नीति लागू गर्न सबै रोजगारदातालाई निर्देशन दिइसकेको छ । तर कतिपय रोजगारदाता भने सरकारको यो नीतिप्रति सन्तुष्ट छैनन् । गत सन् २००९ को एक अध्ययनअनुसार मलेसियाको निजी क्षेत्रमा कार्यरतमध्ये ३३ दशमलब ८ प्रतिशत कामदारले मासिक ७ सय रिंगिट भन्दा कम कमाइ गर्ने गरेका थिए । हालसम्म मासिक नौसय रिंगिट पारश्रमिक पाएका नेपालीले अब नयां नीति कडाईका साथ लागू भएमा थप लाभान्वित हुनेछन् ।

सरकारले लागू गरेको फ्रि भिसा फ्रि टिकट नीति र मलेसियाको मुद्रामा आएको गिरावटका कारण पनि पछिल्लो एकबर्षयता मलेसिया आउने नेपाली हवात्तै घटेका छन् । यद्यपी मलेसियाले कामदारको पारिश्रमिक बृद्धि गरेकाले अब मलेसिया आउने नेपालीको संख्या बढ्नसक्ने अनुमान कतिपयले गर्न थालेका छन् । मलेसियामा बहुसंख्यक नेपाली सेवा, उत्पादन र सुरक्षाक्षेत्रमा कार्यरत छन् । तीमध्ये सेवा र सुरक्षा क्षेत्रमा आकर्षक क्षेत्र मानिन्छन् ।

http://bit.ly/292lScM

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget