Websoft University

www.radiomakalu.com || 021-522512


सेञ्चुरी बैंकले इनोभेटिभ डेभलपमेन्ट बैंक ‘एक्वायर’ गर्ने


चुक्ता पुँजी साढे पाँच अर्ब, पुसभित्रै एकीकृत कारोबार


काठमाडौं , असार १२ गते । सेञ्चुरी कमर्शियल बैंकले रुपन्देहीको भैरवहामा मुख्य कार्यालय रहेको क्षेत्रीयस्तरको इनोभेटिभ डेभलपमेन्ट बैंक एक्वायर (खरिद\ प्राप्ति) गर्ने भएको छ ।

आइतबार बिहान राजधानीको र्‍याडिसन होटलमा भएको एक्वायरसम्बन्धी सैद्दान्तिक सहमतिपत्रमा सेञ्चुरीका अध्यक्ष राजेशकुमार श्रेष्ठ र इनोभेटिभका अध्यक्ष देवेन्द्रबहादुर राउतले हस्ताक्षर गरे ।

सैद्दान्तिक सहमतिअनुसार इनोभेटिभ बैंकमा एक सय कित्ता सेयर हुने सेयरधनीले सेञ्चुरी बैंकको ६६ कित्ता सेयर प्राप्त गर्नेछन् ।

एक्वायरपछि ८५ करोड रूपैयाँको हकप्रद सेयर जारी गरि चुक्ता पुँजी साढे ५ अर्ब रूपैयाँ बनाउने बैंकका अध्यक्ष श्रेष्ठले बताए । हाल सेञ्चुरीको चुक्ता पुँजी २ अर्ब ८४ करोड र इनोभेटिभको चुक्ता पुँजी २९ करोड रुपैयाँ छ ।

श्रेष्ठका अनुसार अागामी पुससम्ममा एक्वायर पूर्णरूपमा सम्पन्न भइ एकीकृत कारोबार थालिने छ ।

नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको न्यूनतम चुक्ता पुँजी ४ देखि २५ गुणासम्मले बढाउनुपर्ने व्यवस्था गरेपछि संस्थाहहरु मर्जर र एक्वायरमा जान बाध्य भएका हुन् । राष्ट्र बैंकको व्यवस्था अनुसार ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget